सिजादर्पण अमेरिका । अमेरिकाले हालसम्मकै ठूलो मात्रामा इरानले तेलमाथि कब्जा गरेको छ।चारवटा जहाजमा भेनेजुएला पठाउन लागिएको ११ लाख ब्यारेल तेल विदेशी साझेदारहरूको सहयोगमाु जफत गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।अमेरिकाले ती जहाजले अमेरिकी प्रतिबन्धलाई पालना नगरेको बताएको छ।भेनेजुएलाका लागि इरानी राजदूतले ती जहाज र तिनका मालिक इरानी नरहेको दाबी गरेका छन्।
तेस्रो विश्वयुद्ध हुने सम्भावना कति छ ?
अमेरिका(इरान तनावबारे तपाईँका प्रश्नको उत्तर अमेरिकासँग बदला लिने धम्की दिने इरानको सेना कति बलियो गत महिना अमेरिकाले अदालतमा मुद्दा हालेपछि एक न्यायाधीशले ती चारवटा जहाज कब्जा गर्न स्वीकृति दिएका थिए।शुक्रवार एक विज्ञप्तिमा अमेरिकी न्याय मन्त्रालयले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स आईआरजीसीको लाखौँ डलर मूल्यका तेल सफलतापूर्वक कब्जामा लिइएकोु बताएको छ।

आईआरजीसी अमेरिकाले विदेशी आतङ्कवादी संस्था तोकेको इरानी सशस्त्र बलको एउटा अङ्ग हो।मन्त्रालयले कब्जामा लिइएका तेल अमेरिकी नियन्त्रणमा रहेको बताए पनि कहाँ र कहिले कब्जामा लिइएको भन्ने खुलाएको छैन।अमेरिकाले इरानी जलसेनाले ती जहाजलाई कब्जामुक्त गर्न एउटा असम्बन्धित जहाज कब्जामा लिन असफल प्रयास गरेको पनि बताएको छ।एक वरिष्ठ अमेरिकी अधिकारीले तेल कब्जा गर्न कुनै सैन्य शक्ति प्रयोग नगरिएको र जहाजलाई भने कब्जामा नलिइएको समाचारसंस्था एपीलाई बताएका छन्।बेला, बेरिङ्, पान्डी र लुना नामका ती जहाजहरू अहिले कहाँ छन् भन्ने स्पष्ट भएको छैन।भेनेजुएलाका लागि इरानी राजदूत होजात सोल्तानीले कब्जाको विवरण मिथ्या प्रचार रहेको बताएका छन्।
यो अर्को झूट र अमेरिकी मिथ्या प्रचार मेसिनको मनोवैज्ञानिक युद्ध हो, उनले ट्विटरमा लेखेका छन्।अमेरिकी निर्वाचनलाई ुचीन, रुस र इरान यस्तो प्रभाव पार्न चाहन्छन्ु इरानमा नेपालले दूतावास खोलेर बन्द गरेको थियो सन् २०१८ मा अमेरिकाले एकपक्षीय रूपमा इरानसँगको परमाणु सम्झौताबाट हात झिकेपछि दुई देशबीच तनाव चुलिएको छ।अमेरिकाले इरान र भेनेजुएलाविरुद्ध तेल निर्यात रोक्न ठूला प्रतिबन्धहरू लगाएको छ।अमेरिका भेनेजुएलाबाट राष्ट्रपति निकोलस मदुरोलाई हटाउन चाहन्छ र इरानको नेताहरूको व्यवहार परिवर्तन गर्न चाहन्छ। श्रोत विविसि नेपाली सेवा हो ।,
