सिजादर्पण २ भदौ, विराटनगर । कोरोना संक्रमितको व्यवस्थापनमा खटिएका जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।कोभिड १९ उपचार केन्द्र विराटनगरको व्यवस्थापन हेर्दै आएका बस्नेतलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।उनीसँगै कार्यालयका अर्का एक कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
एकसाता अघि गोठगाउँ आइसोलेसन केन्द्रमा खटिएका जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षकलाई संक्रमण पुष्टि भएको थियो ।संक्रमणको शंका लागेपछि क्वारेन्टिनमा रहेर कोरोना जाँच गराउँदा पोजटिभ रिपोर्ट आयो’ उनले भने ‘हिजोसम्म क्वारेन्टिइनमै बसेर काम गरे ।’नोबेल मेडिकल कलेजका १८ जनालाई कोरोनानोबेल मेडिकल कलेज विराटनगरमा कोरोना संक्रमित कर्मचारीको संख्या १८ पुगेको छ ।
मंगलबार थप चारजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित कर्मचारीको संख्या १८ पुगेको हो ।कर्मचारीलाई कोरोना संक्रमण भएको हो । संक्रमित दुई अस्पतालभित्र रहेको सुस्वास्थ्य फार्मेसीका कर्मचारी हुन् ।का अनुसार १८ संक्रमितमध्ये पाँचजना डाक्टर हुन् । दुई जना प्रशासनका कर्मचारी, चारजना फार्मेसीका कर्मचारी र सात जना नर्स हुन् । ३७५ जनाको स्वाब परीक्षण हुँदा १८ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए
