सिजादर्पण भाद्र ९ जुम्ला । पातारासी गाँउपालीकाको पाटन क्षेत्रमा पर्ने पटुका भन्ने स्थानमा चट्याङले पर्दा ११ जना पशुधनिका २१७ भेडा मरेका छन ।गयको सोमवार करिव ३ वजे तिरको घटना भएको स्थलगत अध्ययन गर्न एक संयुक्त टोली पठाएको पातारासी गाउँपालिका प्रमखु प्रशासकिय अधिकृत टेक वहादुर बुढथापाले सिजादर्पण सग वताए । अनुगमन टोलीमा डिल्ली चौर प्रहरी चौकी, ईलाकापशु स्वास्थ्य कार्यालय वडा न४अध्यक्ष सहित खटिएको श्रोतको भनाइ छ । ११ जना पशु धनिका करिव ५०० भेडा थिय त्यसमध्यका २१७ भेडा मरेपछि पशुधनि भने चिन्तमा परेकाछन । चट्याङ परेको स्थानमा पातारासि गाउँपालिका वडान ४ का अध्यक्ष,कालि वहादुर रावत ,डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज असई कृष्ण शाहा लगात ४जना प्ररी जवान ईलाका भेटेनरी डिल्ली चौरका प्रविधिक हरि कामी सहितको टोली पशु घटना स्थलमा पुगी वास्तविक भेडा कति मरेकाहुन सोवारे यथाार्थ जानकारी भयको प्राविधिक कामीेले वताए । केहि संञ्चार माध्यममा ५०० भेडा मरेको सुन्नेमा आए पछि आफुहरु अनुगमन गर्न गयपछि भने स्पस्ट भएको उनले वताए । पशुधनि भने निकै चिन्तीत छन क्षेतीपुर्तीका लागि समन्धित निकाय सवैलाइ अनुरोध गरेका छन । यतिका भेडा मरेपछि आफु हरुको लगानि सवै डुव्ने चिन्ताले सताएको पशु धनि ले वताए ।

