नागोर्नो–काराबाखको लडाईंमा नियुक्त गरिएका एक सिरियाली युवाले बीबीसी अरबी सेवाका मोहम्मद इब्राहिमलाई सेनासँग काम गर्ने उनको निर्णयको लगभग एक हप्ताभित्र उनलाई लड्नका लागि अजरबैजान पठाइएको जानकारी दिए ।सिरियाली युवा अब्दुल्ला ९परिवर्तित नाम० का अनुसार आर्थिक समस्याका कारण उनी अजरबैजान सीमामा भएको सैन्य इलाकामा पहरा दिने कामका लागि राजी भएका थिए तर तालिम नलिइकनै उनलाई लडाईंमा होमियो ।उनका अनुसार सेनामा आएको केही दिनपछि नै उनलाई नागोर्नो–काराबाखको इलाकामा पठाइएको थियो जहाँ थुप्रै दिनदेखि युद्ध जारी छ ।नागोर्नो–काराबाख दशकौंदेखि पूर्व सोभियत संघको हिस्सा रहेको अर्मानिया र अजरबैजानबीच तनावको कारण बनेको छ ।
किन लडिरहेका छन् अर्मानिया र अजरबैजान ?
दक्षिण पूर्वी युरोपमा पर्ने ककेशसको यो पहाडी इलाकालाई अजरबैजानले आफ्नो भन्छ । यद्यपि, सन् १९९४ पछि यसमा अर्मानियाको कब्जा छ ।८० को दशकको अन्त्यदेखि ९० को दशको मध्यसम्म यहाँ दुबै देशमा युद्धको स्थिती छ । त्यतिबेला ३० हजारभन्दा बढिको मृत्यु भएको थियो र १० लाखभन्दा बढि विस्थापित भएका थिए ।त्यतिबेला अलगावादी शक्तिले नागोर्नो–काराबाखका केही इलाकामा कब्जा जमाएका थिए । त्यतिबेला अर्मानिया र अजरबैजानले युद्धविरामको घोषणा पनि गरेका थिए तर सन् १९९४ मा भएको युद्धविरामपछि पनि यहाँ गतिरोध जारी छ ।
भौगोलिक र रणनीतिक रुपमा पनि महत्वपूर्ण भएका कारण यो विवाद जटिल भएको छ । शताब्दिऔंदेखि इलाकाका मुसलमान र ईसाई शक्ति योमाथि आफ्नो प्रभुत्व स्थापित गर्न चाहन्छन् ।यो इलाकाबाट ग्यास र कच्चा तेलका पाइपलाइन पास हुन्छन् र यसै कारण यो इलाकाको स्थायित्वको विषयमा चिन्ता जताइँदैछ ।
वास्तविक विवादको सुरुवातः
सन् १९२० को दशकमा जब सोभियत संघ बन्यो तब यी दुबै देश ९अर्मानिया र अजरबैजान० त्यसको हिस्सा बनेको थियो । तर असली विवाद सन् १९८० को दशकमा सुरु भयो जब सोभियत संघको विघटन सुरु भयो र नागोर्नो–काराबाखलाई सोभियत अधिकारीले अजरबेजानको हातमा सुम्पिए ।नागोर्नो–काराबाखको संसदले आधिकारिक रुपमा आफूलाई अर्मानियाको हिस्सा बनाउनका लागि मतदान गरे । नागोर्नो–काराबाखका धेरैजसो जनसंख्या अर्मानियाली छन् । दशकौंसम्म नागोर्नो–काराबाखका मानिसहरु यो इलाकालाई अर्मानियालाई सुम्पिन अपिल गर्दै आएका छन् ।
यो मुद्दाको विषयमा यहाँ अलगाववादी आन्दोलन पनि सुरु भयो र अजरबैजानले यसलाई समाप्त गर्ने कोसिस गर्यो । यो आन्दोलनले लगातार अर्मानियाको समर्थन पाइरह्यो ।नतिजा यो भयो कि यहाँ जातीय संघर्ष हुनथाल्यो र सोभियत संघबाट पूर्ण स्वतन्त्र भएपछि एक तरिकाले युद्ध सुरु भयो ।यहाँ भएको संघर्षका कारण लाखौं मानिसहरुलाई घर छोडेर पलायन गर्नुपर्यो । दुबै पक्षको तर्फबाट जातीय नरसंहारको खबर पनि आए ।श्रोत विविसि
