सिजादर्पण २२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय पछिल्लो समय निकै असुरक्षीत वन्दै गयको छ । त्रिवीमा समाज शास्त्र अध्यापन गराउदै आएकाका उपप्राध्याक प्रेम चलाउने निकै मिहनेती प्रगतीशिल व्याक्तत्व को विषेशता भएका प्राध्यापक हुन । उनिमाथि भएको कुटपिटको विरोधमा बिहीबार प्राध्यापकहरुले उपकुलपतिको कार्यालय घेराउ गरेका छन् ।नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय संगठनमा आवद्ध ७० भन्दा धेरै प्राध्यापकले ४५ मिनेट उपकुलपति कार्यालय घेराउ गरे । असोज २० गते कीर्तिपुरस्थित विश्वविद्यालयको हाताभित्रै एक समूहले उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेको थियो ।तीन दिनसम्म उक्त घटनामा संलग्न पक्राउ नपरेको भन्दै प्राध्यापकहरुले यस घटनालाई विश्वविद्यालयले गम्भीर रुपमा लिई दोषीलाई कानुनको दायरामा ल्याउन माग गरे ।नेपाल राष्ट्रिय प्राध्यापक संघका सदस्य गंगा डीसीले आफ्ना कर्मचारीमाथि आक्रमण हुँदा त्रिवि नेतृत्व के गरिरहेको छ भनेर जवाफ माग्न उपकुलपति समक्ष गएको बताए ।प्राध्यापकहरुले उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कानुनको दायरामा ल्याउन विश्वविद्यालयले पहल नगरे अरु आन्दोलनका कार्यक्रम पनि ल्याउने जानकारी गराएको डीसीले बताए ।ज्ञापनपत्र बुझ्दै उपकुलपति बाँस्कोटाले दोषीलाई कारबाहीका लागि विश्वविद्यालयले पहल गरिरहेको र दोषी उम्कन नदिने प्रतिवद्धता जनाएका थिए ।

