सिजादर्पण जुम्ला । जुम्लाका स्थानिय तह हरुमा पनि कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउने कार्यको सुरुवात भएको जिल्ला जनस्वास्थ्य निरिक्षक प्रेम वहादुर सुमइले वताए । आज कानकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावत द्धरा भ्याक्सिन लागाउने कार्यको औपचारिक रुपमा उदघाटन गर्नुभयको छ । कार्यक्रमा उपाअध्यक्ष उर्मिला भण्डारी पनि उपस्थिति भएकी छन ।
कोरोना विरुद्ध अग्रमोर्चामा खटिने स्वास्थ्यकार्मिलाइ पहिलो प्राथमिकता दिय पछि स्थानिय तहमा कार्यरथ स्वास्थ्य संस्थाका कर्मचारी हरुलाइ भ्याक्सिन लाउनेकार्य अघि वढेको हाटसिँजका हेपो इन्चार्ज विरेन्द्र उपाध्यायले वाताए । पहिलो भ्यासिन कोटघर स्वास्थ्चौकीका इन्चार्ज नेत्र खत्री र अहेव दामोदर प्रसाद आचार्यले लगाय पछि निरन्तर रुपमा भ्याक्सिन लगाउने र करिव १ सय जना कर्मचारी लाइ भ्याक्सिन लाउने योजना रहेको उपाध्याय ले जनाए ।

भ्याक्सिन विषेश रुपमा कनकासुन्दरी गाउपालिकामा कर्यरथ कर्मचारी , हाटसिँजा स्वास्थ्य चौकीमा कार्यरथ कर्मचारी जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी ,र स्वास्थ्य स्वयमसेविका हरु लाइ लागइने भयको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लावाट भ्याक्सिन लगाउने कार्यको माघ १४ गते वाट सुरुवात गरेको हो । अहिले जिल्लाका ८ ओटै स्थानिय क्षेत्रमा तिव्र रुपमा खोपलागाउने कार्य अघि वडेको जनस्वास्थ्य जुम्लाका निरिक्षक सुमइले सिजादपर्ण सग वताए छन ।कोभिड (१९)विरुद्धको खोप कस्तो अवस्तामा नलगाउने तालिका सहित उल्यख गरिको छ.l यस कालागि तलको समय तालीका हेर्न सकिन्छ ।

