कोरोना भाइरस खोप ईयूले आपूर्ति नियन्त्रण गर्ने सिजादर्पण काठमाण्डौ । कोरोनाभाइरस खोप माग अनुसार उपलब्ध गराउन नसकेको भन्ने विवाद बढिरहेका बेला युरोपेली सङ्घले युरोपमा बनेको कोरोनाभाइरस खोप निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको पुष्टि गरेको छ।ईयू राष्ट्रहरूसँग गरेको सम्झौता अनुरूप काम नभएमा अन्य मुलुकमा निर्यात गर्न प्रतिबन्ध लगाउन सक्ने अधिकार युरोपेली सङ्घसँग रहेको छ।सङ्घले भनेको छ, हाम्रा नागरिकको सुरक्षा र संरक्षण हाम्रो प्राथमिकता हो । अहिलेको चुनौतीले हामीलाई अरू विकल्प दिएन।यो प्रतिबन्धले यूके, अमेरिका,

क्यानडा र अस्ट्रेलियासहित १०० मुलुकहरू प्रभावित हुनेछन्।तर गरिब मुलुकहरूसहित केही भने प्रतिबन्धमा परेका छैनन्।एस्ट्राजेनेका खोप ६५ वर्ष भन्दा कम उमेर समूहमा मात्र दिनु जर्मन खोप समितिको सिफारिस किन केही देश कोभिड(१९ विरूद्ध जुझ्न अरूभन्दा सफल भइरहेका छन् ईयूले अहिलेको नियन्त्रण अस्थायी रहेको भन्दै स्थायी निर्यात प्रतिबन्ध नलगाएको बताएको छ।तर विश्व स्वास्थ्य सङ्गठनसहित अन्यले ईयूको यो कदमको आलोचना गर्दै त्यसको असर संसारभर पर्ने बताएका छन्।
वितरणको विषयलाई लिएर ईयू खोप उत्पादक एस्ट्राजेनेकासँग सार्वजनिक रूपमै विवादमा होमिएको अनि खोप वितरणको सुस्त गतिका कारण सङ्घ माथि बढ्दो दबावबीच यस्तो समाचार आएको हो।शुक्रवार युरोपेली आयोगले एस्ट्राजेनेकाले आफूहरुसँगको सम्झौतामा आधारित रहेर खोप वितरण गर्न नसकेको भन्ने भनाइलाई बल पुर्याउन उक्त कम्पनीसँगको गोप्य सम्झौता नै सार्वजनिक गरिदिएको थियो।नयाँ नियम अनुसार खोप उत्पादकहरूले ईयू भन्दा बाहिर खोप वितरण गर्नका लागि ऊसँग अनुमति लिनुपर्नेछ।
२७ सदस्य राष्ट्र भएको सङ्घले त्यस्ता आवेदनको परीक्षण गर्न पाउने छ। फाइजरले बेल्जियममा उत्पादन गरिरहेको खोप यूकेमा निर्यात भइरहेको छ।सम्झौता अनुरूप मार्च महिनासम्ममा उपलब्ध गराउनुपर्ने खोप आपूर्ति गर्न नसकेको भन्दै ईयू फाइजरसँग पनि विवादमा छ।
फाइजरले भने बेल्जियमस्थित आफ्नो उत्पादन केन्द्रमा भइरहेको विस्तारको कार्यका कारण त्यस्तो भएको जनाएको छ।कसका लागि प्रतिबन्ध छैन ईयूले ९२ थरीलाई निर्यात प्रतिबन्ध लगाएको छैन।
तीमध्ये कोभ्याक्सका लागि खोप दान, गरिब मुलुकका लागि विश्वव्यापी खोप सहयोग योजना, स्वीट्जरल्यान्ड, पश्चिमी बाल्कन मुलुकहरू, नर्वे र उत्तर अफ्रिका रहेका छन्।त्यसैगरी अन्य भूमध्यसागरीय मुलुकहरू लेबनन र इजरेल पनि प्रतिबन्धमा परेका छैनन्। खोप किन्न गरिएका अग्रिम सम्झौताहरूको सम्मान गरिनुपर्छ।ूूईयूबाट खोपहरू निर्यात भइरहेको छ कि छैन भन्ने थाहा पाउने प्रणाली आज हामीले विकास गरेका छौँ। ईयूसँग आफ्ना सदस्य राष्ट्रबाट हुने खोप निर्यातलाई अनुमति दिने अधिकार छ। श्रोत विविसी
