सिँजादर्पण काठमाण्डौ । इन्जेन्युएटीलाई ओरालेपछि पर्सिभिअरन्सले लिएको सेल्फीअमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एउटा सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ।इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। तर नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरिएको बताएको छ।सको पुष्टि मङ्गल ग्रहस्थित एउटा भू(उपग्रहमार्फत् आएको हो जसले पृथ्वीमा उक्त हेलिकप्टरको डेटा पठाएको थियो।अन्तरिक्ष निकायले आउँदा दिनमा थप उत्साहप्रद उडानहरू गर्ने वाचा गरिरहेको छ।
इन्जेन्युएटीलाई अझ लामो र उचाइमा उडान गर्न आदेश दिइने छ किनकि इन्जिनियरहरू प्रविधिको सीमितताको परीक्षण गर्न चाहन्छन्।अन्तिम समयमा रोकियो भाडाको यानमा अन्तरिक्ष केन्द्र पुग्ने अमेरिकाको यात्रा नासाले भाडाको यान प्रयोग गरेर स्पेस एक्स प्रक्षेपण गर्दै उक्त हेलिकप्टरलाई नासाको पर्सिभिअरन्स रोभरले बोकेर मङ्गल ग्रह पुर्याएको हो।पर्सिभिअरन्स रोभर गत फेब्रुअरीमा रातो ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो।अब हामीले अर्कै ग्रहमा मानिसले हेलिकप्टर उडाएको भन्न सक्छौँ,ू नासाको इन्जेन्युएटी परियोजनाकी प्रबन्धक मीमी अङ्ले खुशी व्यक्त गर्दै भनिन्, हामीले लामो समयदेखि मङ्गल ग्रहमा ुराइट ब्रदरको समयु बारे कुरा गर्दै आएका थियौँ, र त्यो यही हो।
विलबर र ओर्विल राइटले पहिलो पटक पृथ्वीमा सन् १९०३ मा नियन्त्रित र यन्त्रचालित विमान उडाएका थिए।इन्जेन्युएटीले ११७ वर्षअघि नर्थ क्यारोलाइनाको किटी हकमा ऐतिहासिक उडान गरेको उक्त विमान फ्लाएर १ को एउटा पङ्खाको सानो नमुना पनि बोकेको थियो।संयुक्त अरब एमिरेट्सको मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको सफल प्रक्षेपण चीनको मङ्गल ग्रह अभियान अन्तर्गत अन्तरिक्षमा यान पठाइयोउडानका तस्बिरहरू पहिलो पटक पृथ्वीमा आइपुगेपछि जेट प्रोपल्सन लबोरटरी ९जेपीएल० को नियन्त्रण कक्षमा खुशी छायो। पृष्ठभूमिमा मीमी अङ् सुनिन्छिन्,यो वास्तविक हो । उनले विफलताको समयमा प्रयोग गरिने सम्भावित भाषण च्यातिदिइन्, सहकर्मीहरूले ताली बनाए।प्रदर्शनमा मङ्गल ग्रह हेलिकप्टर करिब तीन मिटरमाथि उठेको, अडिएको, घुमेको र अवतरण गरेको देखिन्छ।
हेलिकप्टरले सतहमा देखिएको आफ्नो छायाको फोटो खिचेको छ । उडेदेखि अवतरण गर्दासम्म त्यो सबै गर्दा करिब ४० सेकेन्ड लागेको छ।रातो ग्रह भनिने मङ्गल ग्रहमा उडान सजिलो छैन। वायुमण्डल निकै पातलो छ। त्यहाँ पृथ्वीको वायुमण्डलको १ प्रतिशत घनत्व छ।एक दशकपछि नासाले मानवसहितको यान अन्तरिक्षमा पठाउँदै नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पर्यटकका लागि खोल्ने
जसले गर्दा उचाइ प्राप्त गर्न विमानको पङ्खालाई निकै कम अवसर मिल्छ अर्थात् पङ्खा धेरै घुम्नुपर्ने हुन्छ।मङ्गल ग्रहमा न्युन गुरुत्वाकर्षणले सहयोग नै गर्छ तर जमिन छाड्न निकै काम गर्नुपर्छ।त्यसैले इन्जेन्युएटीलाई निकै हलुङ्गो बनाइएको थियो।राइट ब्रदरको सफल परीक्षणविमानको पङ्खा घुमाउन ३५० वाट विद्युतीय शक्ति दिइएको थियो। त्यसकै भरमा उक्त उडानको निम्ति प्रतिमिनेट २५ सयभन्दा धेरै पटक पङ्खा घुम्न सक्ने बनाइएको थियो।मङ्गल ग्रहको दूरी ३० करोड किलोमिटर छ।इन्जेन्युएटीसँग दुईवटा क्यामेरा छन्।
श्यामश्वेतको प्रयोग यात्रा र जमिनको पहिचानमा हुन्छ।अर्को क्यामेरा रङ्गीन छ। आकाशमण्डल हेर्न त्यसले प्रयोग हुन्छ।चन्द्रमाको यात्रा सित्तैमा गर्नका लागि जापानी अर्बपतिद्वारा ईच्छुक व्यक्तिको खोजी यो प्रारम्भिक प्रदर्शनले हामीले टाढाको विश्वको कसरी पहिचान गर्छौँ भन्ने कुरालाई रुपान्तरण गरिदिनसक्ने आशा छ।यो प्रयोगले भविष्यका अन्तरिक्ष अभियानहरूमा ठूलै परिवर्तन ल्याउने ठानिएको छ। यसबाट यसअघि जाँच्न कठिन ठाउँहरूबारे जानकारी मिल्ने ठानिएको छ। भविष्यमा रोभरको निम्ति ड्रोनको प्रयोग गर्न सकिन्छ।नासाका विज्ञ प्रमुख डा।
थोमस जर्बुकनले भने, ूयसले हामीले पहिले प्रयोग गर्न नसकेको उपकरण लगिरहेको छ र बक्समा राखिरहेको छ। यो हाम्रो सबै अभियानको निम्ति उपलब्ध छ। त्यसैले यो मेरो निम्ति व्यक्तिगत रूपमा र सम्पूर्ण समुदायको निम्ति निकै उत्साहप्रद हो, यसले नयाँ ढोकाहरू खोल्छ।उनलाई रोभर प्रयोग गर्न नसकिने अवस्थाको विकल्प खोज्न सक्षम हुने विश्वास छ।नासाले शनि ग्रहको ठूलो उपग्रह टाइटको निम्ति हेलिकोप्टर अभियानलाई अनुमोदन गरिसकेको छ। ड्रागनफ्लाइ नाम दिइएको उक्त मिसन २०३० को दशकको मध्यमा टाइटलमा अवतरण गर्नेछ।बीबीसी
