सिँजादर्पण काठमाण्डौ । अहिले भारतमा एक तस्वीर भाइरल भएकोछ । तस्बिरको क्याप्शन,अस्पतालमा शय्या अभावका कारण एउटै शय्यामा दुई जनासम्म बिरामी राख्ने गरिएको छ ।आफ्नो २९ वर्षीय छोराको शव गोडानजिकै राखेकी एक आमाको एउटा हृदयविदारक तस्बिर भारतमा भाइरल भएको छ।उत्तर प्रदेशमा पर्ने वनारसी शहरको एउटा व्यस्त सडकमा छोरा विनीत सिंहको शवसँग चन्द्रकला सिंह थकित र भावविहीन अवस्थामा देखिन्छिन्।
बढ्दो महामारी र भताभुङ्ग हुने सँघारमा रहेको स्वास्थ्य प्रणालीको चेपुवामा परेका भारतीयहरूको आर्तनादको यो एउटा प्रतिनिधि तस्बिर हो।कोभिड(१९ महामारीको दोस्रो लहरसँग जुझिरहेको भारतका नराम्ररी प्रभावित राज्यमध्ये उत्तर प्रदेश एक हो। महामारीको सामना गर्न सङ्घर्षरत वनारसी प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो।बीबीसी
