सिँजादर्पण जुम्ला । यति वेला विश्वभरि फैलियको कोभिड (१९)ले संसारभर मानविय स्वास्थ्य मा गम्भिर संकट परेको छ । यसको प्रभाव नेपालमा पनि परेको छ । स्वास्थ्य संक्रमण दिन प्रति दिन वढदै गैरहेको छ । जुम्लाको गुठिचौर गाउँपालिकमा हाल सम्म १६ जना संक्रमित भेटिको पालिकाका स्वास्थ्य इन्चार्ज वालाराम नेपालीले वताए । १४ जना होम क्वारेन्टाइनमा छन भने २ जना गोठिचौर गाउँ पालिकाकै क्वारेनटाइनमा भर्ना भयका छन । संक्रमित हरुलाइ उपचार भैरहेको र पालिकाका सवै जनप्रतिनिधि हरु लागि परेको र स्वास्थ्यकर्मी हरुले निरन्तर र्जरुपमा वाड स्थरमा स्वास्थ्य समन्धि प्रचार समेत गरेको इन्चार्ज नेपाली ले वताए । यस्तो वेला सवै नागरिक हरु सचेत रहन आग्रह समेत गरेका छन ।
