सिँजादर्पण काठमाण्डौ । यति वेला नेपालको अवस्थाको बारेमा गम्भीर चिन्ता बढिरहेको छ ।कोरोनाभाइरसको लहरसँग भारत जुझिरहेका बेला बढ्दो सङ्क्रमणबारे भारतका छिमेकी राष्ट्रहरूमा समेत चिन्ता व्यक्त भइरहेको छ।कमजोर स्वास्थ्य सेवाका कारण परिस्थितिसँग जुझ्न गाह्रो हुनेहुँदा यात्रा र अन्य भारतमा गत मार्च महिनाबाट दैनिक रूपमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सुरु भएको थियो र त्यो पछि नाटकीय रूपमा झन् बढ्दै गयो।भारतका छिमेकी राष्ट्रहरूमा पनि सङ्ख्या बढिरहेको छ।विशेष रूपमा नेपालबारे चिन्ता बढी देखिन्छ जहाँ गत एप्रिल महिनादेखि सङ्क्रमित हुनेहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ।कोरोनाभाइरस सङ्क्रमणमा फेरि सर्वाधिक दैनिक वृद्धि, ५० जनाको मृत्यु कोभिडको चिनियाँ खोपलाई डब्ल्यूएचओको अनुमति नेपालको सरकारी तथ्याङ्क उद्धृत गर्दै रेडक्रसले परीक्षण गरिएकामध्ये ४० प्रतिशतभन्दा बढीमा कोभिड पोजेटिभ पाइएको जनाएको छ।भारत र नेपालबीच १,८८० किलोमिटर लामो खुला सीमा छ र कैयौँ मानिसहरू व्यापार, पर्यटन र पारिवारिक कारण आवतजावत गर्ने गर्छन्।नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भारतबाट फर्किए लगत्तै कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरणहरू सार्वजनिक भएका छन्।
