उमेश बुढा जुम्ला ।
जुम्लाको काकासुन्दरि गाउँ पालिका वडा नम्बर ६ र ७ किसानलाई भेडाबाख्रा वितरण गरेकोछ । भेडा बाख्रा पालन गरि आम्दानीको सोरोत बढाउनको लागि भेडाबाख्रा वितरण गरिएको कानकासुन्दरि गाउँ पालिकाले जनाएकोछ ।
पहिला पटक व्यवसायीक रुपमा भेडा बाख्रा पालन गरिरहेका कृषकहरूलाई थप व्यवसाय बढाउनको लागि भेडाबाख्रा दिएका हौँ । गाउँ पालिका अध्यक्ष नरविर रावतले बताए।

विशेष गरेर कनकासुन्दरि गाउँ पालिकाको वडा नम्बर ६ र ७ मा भेडाबाख्रा पालनको लागि अनुकूल क्षेत्र हो रावतले बताए ।बाख्राको लागि चरन क्षेत्र झ्याकझुकिलो हो।६ नम्बर वडामा प्रसस्त मात्रामा पाइन्छ ,त्यसैले यहाँका कृषकलाई आम्दानि बढाउनको लागि उपयुक्त पशु पालनमा बाख्रा देखिन्छ वडा नम्बर ६ का वडा अध्यक्ष जग्गि प्रसाद आचार्यले बताए ।आय आर्जनमा हामीलाई सहयोग पुग्ने देखिएको छ।अब आत्मनिर्भर भयर खान सकिने भयकोछ ।यसरी भेडा बाख्रा पाउँदा हामी किसानहरु खुसि भयको बताउँछन् ।
रानिसैन,रोकावाडा,द्यारपाटा र झागोटेवाडामा भेडा पालनको लागि पाटन क्षेत्र, डालेघाँस, र पानी प्रशस्त मात्रामा पाइन्छ यश वडामा भेडा पालन गर्दा छिटो फस्टाउने किसानलाई फलदायी हुने आयआर्जनमा ठुलो टेवा पुर्याउने मेरो वडामा देखिन्छ भन्नू हुन्छ ,वडा नम्बर ७ का वडा सदस्य दल वहादुर कार्की ।
कनका सुन्दरी गाउँ पालिकाको वडा ६ मा बाख्रा र वडा नम्बर ७ मा भेडा कृषकहरुलाइ एक जना बराबर ५र५ ओटा दरले २८ जना कृषकलाई बाख्रा र २२ जनालाई भेडा बाँडेको पशु शाखा सहयोजक लाल वहादुर रावतले जनकारि दिए ।उनका अनुसार दुबै वडामा जम्मा भेडाबाख्रा २५९ ओटा वितरण गरिएकोछ ।आय आर्जनमा वृद्धि गरि उत्पादनमा वृद्धि गर्ने हेतुले सहयोग पुर्याउने उघ्श्यले किसानहरुलाई भेडाबाख्रा बाँडेको रावतले बताए ।
जनतासँग अध्यक्ष कार्यक्रमबाट रु १४ लाख, शसस्त अनुदानबाट रु १९ लाख, पशुपन्छि विकासबाट रु ५ लाख र सेवा लिने व्यतिबाट रु १ लाख २५ हजार । जम्मा गरि ३९ लाख २५ हजार लागदको बजेटबाट कृषकहरुलाइ भेडाव बाख्रा वितरण गरियकोछ । वडा नम्बर ७ मा भेडासँगै ४ ओटा साँढे पनि वितरण गरियको पशु शाखाले जानकारी दियकोछ
