उमेश बुढा
सिँजादर्पण जुम्ला । कनकासुन्दरी गाउँपालिकामा नेकपा एमाले पार्टीको एकता कार्यक्रम गोटिज्युला बजारमा शुक्रबार सम्पन्न गरेको छ ।नेकपा एमाले पार्टीकेन्द्रमा जेभए पनि कनका सुन्दरीमा एकता भयर जाने एमालेले जनाएको छ ।हाम्रो एमाले पार्टी अहिले यसरी केपी ,माधव भनेर पार्टीका नेता कार्यकर्ता अलक( अलक समुह भयर हिडेको देख्दा सिँजामा सम्पूर्ण कार्यकर्ताहरु निराशा भयको बताउछन ।नेपाल कम्युनिस्ट पार्टी एमाले जुम्लाका नेता कार्यकर्ताको अनुसार अब पार्टी केन्द्रमा एकता नभए पनि तल हामी एकता भयर जाने बताए ।सुर्य चिह्न जहाँ जान्छ ,केपी जहाँ जान्छन् र माधव जहाँ जान्छन् त्यही जान्छौं नभनि नेकपा एमालेद पार्टी र सुर्य चिह्न अगालेर सबै लाग्नु पर्ने प्रतिबद्धता जनाउनु भयकोछ ।
एमाले पार्टी केन्द्रमा जे भए पनि अब तल गाउँ ,टोल, बस्ती ,जिल्ला हुदै केन्द्र सम्म एकता भयर जानेछ एमाले पार्टी जुम्लाका सम्पूर्ण नेता कार्यकर्ताहरु लाई निराश नहुन माननीय पदम रोकायाले अपिल गरे ।माननियका अनुसार शिर्ष नेताले गर्दा पार्टी भित्र फाटो ल्याएका हुन । मुख्यत केपि र माधवको बिचार धारणले एमालेका नेता कार्यकर्तामा निराशापन छाएको रोकायाले बताए ।
