उमेश बुढा
सिँजादर्पण जुम्ला ,l सिँजा कनकासुन्दरि गाउँपालिका वडा नम्बर ३ को कुइय्यासको वनभित्र रहेको रिङद दहमा २३ वर्षको हरि बुढा नुहाउने बेला दहमा डुबेर शनिबार मृत्यु भएको छ ।कनकासुन्दरिको वडा नम्बर ३ बुढु गाउँदेखि झन्डै तीन किलोमिटर टाढा रहेको रिङद दहमा भेडा गएको गोठालाले दहमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
मृतकको साथमा दुई जना बालक रहेका छन ।बालकका अनुसार तिनैजना दहमा नुहाउन लागेको बेला दहको बिचमा गएर हरिदाई डुबेको हो ।
घाँटी सम्म पानी आयको थियो मलाई समात भने महिले समातेर तान्न सकिन भन्नू हुन्छ मृतकको साथमा नुहाउन गएका १३ वर्षिय बालक विनोद बुढाले बताए ।
दहमा डुब्दा वितिकै नजिकैको भैंसी गोठालालाई बालकले खबर गरेका थिय । भैंसी गोठालाले बुढु गाउँका स्थानीय वासिलाई गरेर दिउँसो ११स्०० बजे घटना स्थलमा स्थानीय वासि पुगेर पानीको दहमा खाजि गरेका थिए । तिन ,चार घण्टा सम्म हामीले खोजि गरौँ लास नभेटायपछि नजिकैको प्रहरी चौकि गोटिज्युलामा खबर गरेर प्रहरीको टोलि दिउँसो ४स्०० बजे घटना स्थलमा पुगेर खोजि गरि सव भेटिएको स्थानीयवासिले बताए ।
लासलाई पोष्टमाडमको लागि जुम्ला लिने कि नलिने भन्ने विषयमा राजनीति दलका अघुवा , समाज सेवि ,वुदृजिवि ,भद्र भलादमि र स्थानीय सरकारसँग छलफल गर्दा , मृतकको घरको अबस्था नाजुक गरिब छ ,र कोहि कसै माथि सङ्का आसङ्का छैन् धार्मिक परम्परागत रुपमा दास संस्कार यहि आफ्नै ठाउँमा गर्नु ठिक छ । भनेर मृतकका नजिकै आफ्न्त ,वडा नम्बर ३ का वडा अध्यक्ष लगायतका पाँच जना साँचिले हस्ताक्षर गरे पछि लास लाई पोष्टमाडमको लागि जुम्ला नलिने प्रहरी चौकी गोठिज्युलाले जनाएको छ ।
