सिँजादर्पण काठमाण्डौ । नेपाली सिने जगतमा अरु भन्दा निकै चर्चित छन भने, नायिका प्रियंका कार्कीको नाम शीर्ष स्थानमा आउँछ । उनी पछिल्लो पटक आफ्नो गर्भावस्थाका कारण अत्यधिक चर्चामा छिन् ।आफ्नो गर्भावस्थामा अत्यधिक रमाइरहेकी प्रियंका कार्कीले सामाजिक सञ्जालमा राख्ने फोटोका कारण पनि उनी चर्चामा छाइरहन्छिन् ।कहिले पेटले जुसले खाइरहेको जस्तो गरेर फोटोसुट गराएर होस् त कहिले स्टेकेसन भनेर गरिएको फोटोसुट । उनी सोसल मिडियामा लगभग सधैंजसो छाउँछिन् ।पछिल्लो पटक प्रियंका आफ्नो गर्ल ग्याङ्गसँग स्विमिङ पुलमा गरिरहेको मस्तीका कारण चर्चामा आइन् ।

प्रियंकाको गर्ल ग्याङ्गमा सहाना बज्राचार्य र मेकअप आर्टिस्ट लेमीलाई पनि देख्न सकिन्छ । स्वीमिङको फोटो भएकाले सबैले स्विमसुट लगाइरहेको पनि देख्न सकिन्छ ।प्रियंकाका फ्यान फलोविङ अत्यधिक छ । त्यसैले उनले सोसल मिडियामा जे जति पोस्ट गर्छिन् त्यसमा धेरैले लाइक कमेन्ट र सेयर पनि गरिरहेका हुन्छन् । उनको यो पछिल्लो पोस्टमा पनि कमेन्टको वर्षा भएको छ ।
