सिँजादर्पण साउन, काठमाडौं ।पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितको संख्या ४,१०७ जना जेठ ९ गतेयता एक दिनमा पुष्टि भएका संक्रमितको उच्च संख्या हो । गत जेठ ८ गते ४,५२२ जना संक्रमित थपिएका थिए भने जेठ ९ गते २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको थियो । जेठ २० गते दोस्रो लहरको सबैभन्दा कम संक्रमित पुष्टि भएको थियो । उक्त दिन १ हजार ६०३ जना संक्रमित थपिएका थिए ।
त्यसयता लगातार कोरोना संक्रमण बढ्दो छ । साउन १ गते २ हजार ९३६ जना संक्रमित थपिएकामा साउन १२ गते ३ हजार ८९९ जना संक्रमित थपिएका थिए ।बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले निषेधाज्ञा खुकुलो बनेसँगै नागरिकको व्यवहारमा समेत परिवर्तन आउँदा संक्रमण बढ्दै गएको बताए ।
