सिँजादर्पण काठमाण्डौ । जुलाई १० मा चीनको नान्जिङमा एअर चाइनाको सीए ९१० विमान अवतरण हुँदा त्यसमा यात्रु मात्रै थिएनन्। रुसको मस्कोबाट आएका एक यात्रुमा कोरोनाभाइरस को डेल्टा भेरिअन्ट थियो।यात्रुहरू विमानबाट उत्रिएपछि नान्जिङ लुकाउ विमानस्थलका कर्मचारीहरू सफा गर्न चढे।
चिनियाँ अधिकारीका अनुसार ती कर्मचारीले बाहिर निस्किँदा आफूसँगै त्यो भाइरस पनि लिएर आए। यसको परिणामतः चीनमा वुहानपछि सबैभन्दा ठूलो कोभिड सङ्क्रमण फैलियो।ग्रीष्मयामको यात्रा समय रहेको गत केही सातामा चीनका कम्तीमा १६ प्रान्त र नगरपालिकामा डेल्टा भेरिअन्ट भेटिएको छ। तीमध्ये धेरै सङ्क्रमणको सम्बन्ध नान्जिङसँग छ।अहिलेसम्म एक अर्ब ४० करोड जनसङ्ख्या भएको चीनमा केही सय जनामा मात्रै डेल्टा भेरिअन्टको सङ्क्रमण देखिएको छ। तथापि बेइजिङ, शाङ्घाई र वुहानजस्ता ठूला सहरमा यो अतिसङ्क्रामक भेरिअन्ट पुगेकाले धेरैलाई चिन्तित बनाएको छ।प्रतिकार्यका रूपमा चीनले पुरानै शैली अपनाएको छ। लाखौँलाई परीक्षण गरिएको छ, सहरहरू लकडाउन गरिएका छन् र केही क्षेत्रको यातायात बन्द गरिएको छ।चीनसहित अस्ट्रेलिया, न्यूजील्यान्ड र सिङ्गापुरले अभ्यास गर्ने यस्तो कडा नियमलाई विज्ञहरू शून्य सहनशीलताू वा निर्मलीकरण रणनीतिू भन्छन्।तर डेल्टा भेरिअन्टको फैलिने गतिका कारण केहीले चीनको यो तरिकाले नयाँ थप सङ्क्रामक भेरिअन्टलाई रोक्न प्रभावकारी हुन्छ कि हुँदैन भन्ने विषयमा शङ्का व्यक्त गरेका छन्।
भेट्यो कि मार्नुपर्छ ः
विज्ञहरूले चिनियाँ नागरिकहरू पहिले जति सचेत नरहेको देखिएको बताएका छन्।नान्जिङमा भन्दा अगाडि म्यान्मार र रुसमा सीमामा पर्ने स्थानमा पनि सङ्क्रमण फैलिएको थियो।अहिले मास्क कम प्रयोग गरिन थालेको छ भने भिड हुने कार्यक्रमहरू सामान्य बनेका छन्। अहिलेको सङ्क्रमण फैलिनुमा हुनान प्रान्तमा २,००० मानिस सम्मिलित एउटा नाटक मञ्चनलाई पनि जिम्मेवार मानिएको छ।चिनियाँ सञ्चारमाध्यमले नान्जिङ विमानस्थलमा स्पष्ट देखिने कमजोरी रहेको बताएका छन्।

अधिकारीहरूले सफाइ कर्मचारीले कोभिड सुरक्षा नियमलाई पूर्ण पालना नगरेको भन्दै सो उडान त्यसअघि थुप्रै पटक कोभिड सङ्क्रमित यात्रुका कारण स्थगित गरिए पनि अवतरण गर्न दिइनु कमजोरी भएको बताएका छन्।विज्ञले चिनियाँ रणनीतिमा अलिकति समस्या हुने बित्तिकै कडा प्रतिबन्धमा जाने तरिका अवलम्बन गरिएको बताएका छन्।हामी सधैँ जहाँ भेटिन्छ त्यही मार्नुपर्छ नत्र फैलिन्छु भनिरहेका छौँ। चिनियाँ तरिका कडा छ हङ्कङ विश्वविद्यालयका भाइरसविज्ञ जिन डोङ्यानले भने।तर नान्जिङका सुरुका सङ्क्रमितहरू खोप लगाएका व्यक्ति भएका कारण केही विज्ञहरू चिनियाँ खोपको प्रभावकारिताबारे चिन्ता व्यक्त गरिरहेका छन्। श्रोत विविसिनेपाली ।
