सिजादर्पण काठमाण्डौ । तालिबान समूहले अफगानिस्तानको एउटा सहरमा एक जना महिला प्रहरीको गोली हानेर हत्या गरेको प्रत्यक्षदर्शी बीबीसीलाई बताएका छन्।स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बानू नेगर नाम गरेकी ती महिला प्रहरीलाई घोर जिल्लाको फिरोजकोह सहरमा आफ्नै घरमा परिवार कै अघि मारिएको थियो।अफगानिस्तानमा महिलाहरू विरुद्ध बढ्दो हिंसाका घटनाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ।

तालिबानले भने उक्त घटनामा आफूहरूको संलग्नता नरहेको बीबीसीलाई बताउँदै आफूहरूले घटनाको छानबिन गरिरहेको जनाएको छ।प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने यो घटना हामीले थाहा पाएका छौँ र म यो पुष्टि गर्छु कि तालिबानले उनलाई मारेको होइन, हाम्रो छानबिन जारी छ।तालिबानले यस अघि नै पूर्ववत् सरकारसँग काम गरेका मानिसहरूलाई आम माफी दिइसकेको उनले थपे र नेगरको मृत्युको कारण व्यक्तिगत दुस्मनी वा अन्य केही हुनसक्नेुु बताए।घटनाबारे बोले बदला लिन सक्ने डरका कारण स्थानीय बासिन्दाहरू मौन छन्। त्यसले गर्दा घटनाको विस्तृत विवरण अझै अस्पष्ट छ।
