सिँजादर्पण काठमाण्डौ । तालिबानले अफगानिस्तानका माध्यमिक विद्यालयमा पुरुष शिक्षक र छात्रलाई अध्ययनका लागि फर्किन निर्देशन दिएको छ भने छात्रालाई विद्यालय जानबाट वञ्चित गरेको छ।माध्यमिक तहका कक्षाहरू पुनः सञ्चालन गर्न उक्त इस्लामवादी समूहले प्रकाशित गरेको विज्ञप्तिमा महिला वा बालिकाको विषय उल्लेख गरिएको छैन।एक अफगान छात्राले अत्याचार भएको महसुस गरेको बताएकी छन्।उनले भनिन्,सबै कुरा एकदमै अन्धकारमय देखिएको छ।तालिबानले वाचा गरे पनि पछिल्लो कदमले अफगानिस्तान सन् १९९० को दशककै जस्ता कठोर शासनमा फर्किन लागेको सङ्केत दिएको छ।
अर्को घटनाक्रममा शुक्रवार तालिबानले महिला मन्त्रालयलाई बन्द गरेको जस्तो देखिन्छ।सन् १९९६ देखि २००१ का बीचमा तालिबानको शासनकालमा स्थापित सदाचार अभिवृद्धि तथा दुष्कर्म नियन्त्रणसम्बन्धी मन्त्रालयले सडकमा ूनैतिकता प्रहरीू परिचालन गरेको थियो जसमार्फत् शरिया नामक कडा इस्लामिक कानुन कार्यान्वयन गराइन्थ्यो। नागरिक हरु अव तालिवान ले के के गदैछन हर्न वाकि छ । महिला हरुका लागि तलिवान ले कति स्वतन्त्र रहन दिने भन्ने कुराले त्यहाका महिला हरु गम्भिर भएका छन ।
