काठमाडौं ( साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनी छुट्टिएका छन् । शनिवार समन्थाले आफुहरुले सम्बन्धविच्छेद गर्ने घोषणा गरकी हुन् । ४ बर्ष अघि विवाह बन्धनमा बाधिँएका नागा र सामन्थाले सानो करणले सम्बन्धविच्छेद गर्ने भएका हुन् ।
समन्थाले अब आफुहरुले केही दिनमै सम्बन्धविच्छेद गर्ने बारे सामाजिक सञ्जालमार्फत जानकारी गिराएकी छिन् । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै आफूहरु छुट्टिने निर्णय गरेको बताएकी छिन् ।उनले विज्ञप्तीमा लेखेकी छिन् ( धेरै लामो समयको सोचविचार पछि म र नागाले अलग बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रुपमा अलग हुने फैसला गरेका छौं । हामी भाग्यशाली छौं किनकी एक दशक भन्दा लामो समयदेखिको हाम्रो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र हामी विश्वास गर्छौ कि आगामी दिनमा हामीविच विशेष बन्धन रहनेछ ।

अक्किनेनी नागार्जुनका छोरा समेत रहेका नागाले सन् २०१७ को अक्टुबर ६ मा सामन्थासँग विवाह गरेका थिए । विवाह गरेको केही समयपछि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर बाहिर आएको थियो । फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने नागाको चाहाना रहेको र त्यसमा सामन्था सहमती नभएको केही समयदेखि भारतिय मिडियामा चर्चा थियो ।
