सिँजादर्पण काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठनले एउटा नयाँ कार्यदलको काम कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउने अन्तिम मौका हुन सक्ने जनाएको छ।डब्ल्यूएचओले साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्सुका लागि २६ जना विज्ञको नाम तय गरेको छ।चीनको वुहान सहरमा डेढ वर्षभन्दा बढी समयअघि पत्ता लागेको कोरोनाभाइरस पहिलो पटक कहाँ उत्पत्ति भयो भन्ने कुरा अझै अस्पष्ट छ।
डब्ल्यूएचओको टोलीले कोरोनाभाइरस वुहानमा जनावरबाट मानवमा सरेको अथवा दुर्घटनावश प्रयोगशालाबाट लीक भयो भन्नेबारे अनुसन्धान गर्नेछ।कोरोनाभाइरस प्रकोपको पहिलो चेतावनी दिने चिनियाँ चिकित्सकको सङ्क्रमणबाटै मृत्युअमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चीनकोभन्दा पनि धेरै
कोरोनाभाइरसको प्रकोपपछि चीन यसरी काममा फर्कियो महत्त्वपूर्ण चीनले प्रयोगशालाको कुरालाई कडा शब्दमा खण्डन गर्दै आएको छ।
गत फेब्रुअरीमा डब्ल्यूएचओकै एउटा अनुसन्धान टोली चीन पुगेको थियो।सो टोलीले कोरोनाभाइरस सम्भवतः चमेरोबाट उत्पन्न भएको निचोड निकाले पनि थप काम गर्नुपर्ने खाँचो औँल्याएको थियो।तर पछि डब्ल्यूएचओका महानिर्देशक ट्रेडोस एड्हानोम गेहब्रयससले तथ्याङ्कको अभाव र चीन पारदर्शी नहुँदा अनुसन्धान प्रभावित भएको बताए।प्रस्तावित नयाँ अध्ययन टोलीमा यसअघि चीन गएको अघिल्लो टोलीमा संलग्न छजना विज्ञ पनि समावेश छन्।
कोरोनाभाइरसका साथसाथै नयाँ टोलीले अतिजोखिमयुक्त अरू प्याथोजिन्सको उत्पत्तिबारे पनि अध्ययन गर्नेछ।भविष्यमा महामारी फैलिनबाट रोक्नका लागि नयाँ प्याथोजिन्सहरू कहाँबाट आउँछन् भन्ने कुरा थाहा पाउनु महत्त्वपूर्ण हुनेछ,ू महानिर्देशक टेड्रोसले भने।साइन्स जर्नलमा एउटा संयुक्त सम्पादकीय लेख्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस र अरू अधिकारीले कोरोनाभाइरसबारे ूप्रयोगशाला दुर्घटनाको सम्भावनालाई नकार्न नसकिनेू बताएका छन्। श्रोत विविसि
