सिँजादर्पण काठमाण्डौ ।हाल नेपालमा वितेको २४ घण्टामा ९६८ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि भएको छ।कुल १४,९७१ जनाको पीसीआर र एन्टीजन विधिबाट परीक्षण गरिएकोमा झन्डै साढे छ प्रतिशतमा सङ्क्रमण देखिएको हो।तीमध्ये एन्टीजन विधिबाट सिमानाकामा गत दुई दिनमा ६,६९९ परीक्षण गरिएकोमा झन्डै छ प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।शुक्रवार कोभिडका कारण थप मृत्यु पुष्टि भएको छैन। गत २४ घण्टामा केहि केहि कारोनाका २६२ जना सङ्क्रमणमुक्त भएका छन ।
