सिँजादर्पण,काठमाडौं, १० माघ । चीनमा उपचार गराईरहेका नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन स्वास्थ्यलाभ गरी आज स्वदेश फर्कदैछन् । तर, उनी स्वदेश आईनपुग्दै उनको चर्को आलोचना भएको छ। कारण हो उनी चार्टर विमानमार्फत नेपाल आउन लाग्नु ।
पुनले सुरुमा बैंककमा उपचार गराएका थिए । तर, त्यहाँ उल्लेखनीय सुधार नभएपछि उनलाई पछि चीनमा ल्याईएको थियो । पुनले आफू पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् यसअघि नै दिईसकेका छन् । उनले चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । उनी विश्वमै विरलै देखिने जण्डिससम्बन्धी रोगबाट ग्रसित थिए
