सिंजादर्पण सम्वाददाता । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको आठौ गाउँसभा आजवाट सुरु भएको छ । पालिकाका अध्यक्ष नरविर रावतले गाउँसभाको उदघाटन गरेको सिंजा सम्वाददाता टेक वहादुर हमालले सिंंजादर्पण डटकमलाई जानकारी दिएका छन । कार्यक्रमको सञ्चालन पालिकाका प्रमुख प्रसासकिय अधिकृत तिर्थराज कठायतले गरेका छन । कार्यक्रममा उपाअध्यक्ष उर्मिला भण्डारी पनि अतीथिको रुपमा सहभगी भएकी छन । सभामा कनकासुन्दरी गाउँपालिकाको वडा न १ देखि ८ सम्मका वडा अध्यक्ष तथा वडा सदस्य हरुको सहभागिता रहेको हमालले वताए । सभामा सहभागी वडा सदस्यहरुले गाउँपालिकाको विकास कार्यमा विनियोजन गरेको १० लाख रुपैया पालिकाका पदधिकारीहरुले हिउँदे जाडो छल्नका लागि भ्रमण गर्न गएर पालिकाको रकम दुरुपायेग भयको भन्दै जवाफ दिनुपर्ने वताए ।
भ्रमण खर्च भएको रकम पालिकाको भवन निर्माण कार्यमा लाउनुको साटो भ्रमणको नाममा सक्नु जायज नभएको भन्दै सदस्यहरुले असन्तुष्टि जनाएका छन ।वैठकमा वोल्दै अध्यक्ष रावतले सहभागी सदस्यहरुले उठायको सवालको जवाफ दिदै भने आफुहरुले गरेको भ्रमण पालिकाको लागि उपलव्धिमुलक भएको र गाउँपालिकाको विकासको लागि अन्य जिल्लाको विकासको नमुना कार्यलाइ अनुभव वटुलेर हाम्रो पालिकामा लागु गर्नका लागि भ्रमण रहेको वताए । सवैले मिलेर पालिकाको भवन निर्माणका लागि उपयुक्त स्थान तोक्नु पर्ने वताए ।आफ्नो कार्यकालमा भवन निर्माण हुन नसकेकोले रावतले चिन्ता व्यक्त गरे ।
छिटोभन्दा छिटो भवन वनाउका लागि उपयुक्त ठाउँमा जग्गा छनौटका लागि टुङगो लाउनु पर्ने वडा नंं. ४ का अध्यक्ष रविलाल आचार्यले वताए ।अहिले सम्म गाउँपालिकाको भवन स्थापनाको लागि स्थानको टुङगो नलगाउन सक्नु पालिकाका जनप्रतिनिधिहरुको कार्यकाल असफल सिद्ध भएको स्थानीयको आरोप छ । यदि आठौँ गाउँसभाले पालिकाको भवन निर्माण गर्नका लागि स्थान नतोके सम्म वैठक चल्न नदिने सहभगी सदस्यहरुको भनाइ छ । वैठकमा विवाद उत्पन्न हुने डरले जिल्ला सदरमुकामवाट थप सुरक्षा वल वोलाएको स्थानीयहरुले वताए । विकास निर्माणमा छुट्याएको रकम रकमान्तर गरी हिनामिना गर्नु उपयुक्त हुदैन । जनताको करवाट उठेको रकम यसरी दुरुपयोग गर्नु स्थानीय सरकारका जनप्रतिनिधिहरुप्रति जनताको मतको दुरुपयोग हो । २१औं शताब्दिमा पनि यसरी सुशासन र जनउत्तरदायी बन्नु अहिलेको आवश्यकता हो । यसता कार्य प्रति सवै पक्ष सचेत हुन जरुरी छ ।
