सिँजादर्पण काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डांं.विकास लामिछाने नियुक्त भएका छन् ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन् । डा. लामिछानेले कुलपतिबाट मंगलबार पत्र बुझेको बताए ।‘आज प्रधानमन्त्रीबाट नियुक्ति पाएँ । भोलिदेखि जिम्मेवारी समाल्छु’ डा। लामिछानेले अनलाइनखबरसँग ने ।डा.लामिछाने दाङकै हापुरेका बासिन्दा हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीनजनाको सिफारिस गरेको थियो ।नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइराला र स्वास्थ्य सचिव डा.रोशन पोखरेल सदस्य रहेको सिफारिस समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो ।
प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए ।स्रोतका अनुसार लामिछाने नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेका नातेदार हुन् ।नियुक्ति पाएपछि डा.लामिछानेले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धेरै सुधार गर्नुपर्ने बताए । ‘अहिले बाहिरबाट हेर्दा त्यहाँको मेडिकल सेवा सुधार गनुपर्ने देखिन्छ ।
