सिँजादर्पण काठमाण्डौ । केही दिनदेखि युक्रेन(रुस तनावबारे हामीले निरन्तर समाचार सम्प्रेषण गरिरहेका छौँ। आज पनि हामी यो लाइभ पेजबाट तपाईँहरूलाई त्यसबारे ताजा जानकारी दिनेछौँ। युक्रेनमाथि लगातार दोस्रो दिन रुसले आक्रमण गरिरहेको छ ।रुसी आक्रमणमा सेना र सर्वसाधारण गरी १३७ युक्रेनी नागरिकको ज्यान गएको बताइएको छ ।युक्रेनको राजधानी किएभ र नजिकैका स्थानमा कैयौँ विस्फोटन भएको विवरण आएका छन् । किएभमा रुसी लडाकु विमान खसालिएको युक्रेनले दाबी गरेको छ ।
