सिँजार्दण काठमाण्डौ । युक्रेनको राजधानी किएभमा ठूलो विस्फोटन भएको दृश्य क्यामरामा खिचिएको छ। बीबीसीले उक्त विस्फोटन पोज्न्याकी क्षेत्रमा भएको पुष्टि गरेको छ। युक्रेनका अनुसार स्थानीय समयानुसार बिहान ४ बजे त्यहाँ रुसी सेना आक्रमण सुरु भएको थियो।बिहीवार रुसले युक्रेनमा विभिन्न दिशाबाट धावा बोलेपछि रुसी सेना बिस्तारै राजधानी किएभतिर अघि बढिरहेको थियो। दोस्रो दिन पनि रुसी कारबाही जारी छ।युक्रेनले रुसी सेना राजधानी किएभ पुगिसकेको पुष्टि गरेको छ।आक्रमणको डरले हजारौँ राजधानीवासीहरू किएभबाट अन्यत्र गएका छन् वा जान खोजिरहेका छन्।सेना गरिक हरु हताहत हुनसक्ने अडकल गरिकाको छ ।
