Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

एमसीसी पारितसँगै माओवादीमा चर्कियो विवाद


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १७, २०७८

एमसीसी पारितसँगै माओवादीमा चर्कियो विवाद

सिँजादर्पण,काठमाडौँ ।अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विवाद सतहमा आएको छ ।आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको विवाद सतहमा आएको हो ।

अध्यक्ष दाहालले सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता श्रेष्ठतर्फ लक्षित गर्दै वामदेव गौतम जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी गरेका छन् । एमसीसी संसद्बाट पारित भएपछि त्यसलाई लिएर धेरै भावुक नहुन उनले आग्रहसमेत गरेका छन् ।अध्यक्ष दाहालले भारतसँग भएको महाकाली सन्धिलाई स्मरण गर्दै त्यसबेला एमालेका नेता वामदेव गौतमले जस्तो बाटो रोजेमा रोक्न नसक्ने उल्लेख गरेका हुन् । उनले घुमाउरो भाषामा असन्तुष्टि पार्टी बाहिरै पोखेको भन्दै पार्टी छाडेर गए पनि नरोक्ने बताएका हुन् ।

संसद्बाट एमसीसी पारित भएपछि नेता श्रेष्ठले आमदेशभक्त नेपाली जनताले आइतबारको दिनलाई ‘कालो दिन’का रूपमा लिने टिप्पणी गरेका थिए । एमसीसीलाई उनले राष्ट्रघाती सम्झौताको संज्ञासमेत दिएका छन् ।अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे’ श्रेष्ठले भनेका छन्, ‘आमदेशभक्त नेपाली जनताले यसलाई कालो दिनका रूपमा लिनेछन् ।’माओवादी केन्द्रका नेता श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, रेखा शर्मालगायतका नेताहरूले आइतबारको बैठकमा एमसीसी पारित गर्नुहुँदैन भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

दाहालको निर्णयमा असन्तुष्टि पोखेका श्रेष्ठले राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि जुट्न पनि भनेका थिए । तर, सोमबारको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादीका सबै सांसद एक भएर एमसीसी पास गरेको बताएका छन् ।एमसीसी पास भएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेको भन्दै दाहालले श्रेष्ठको सो कदमप्रति रोष प्रकट गरेका छन् । उनले सन्तुष्टि आफ्नो विचार पार्टी केन्द्रीय समितिमा व्यवस्थित रूपमा राख्न भनेका छन् । आफूले असन्तुष्टि बाहिर नलैजान भने पनि श्रेष्ठले नमानेको पनि दाहालले बताएका छन् ।

‘नारायणकाजीलाई यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछ, केन्द्रित हुन्छन् भन्ने परेको होला,’ दाहालले भने, ‘जनता हवार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रूपमै बोलिदिनुभएछ ।’दाहालले एमसीसीको विरोध गरेकै भरमा नेपाल मजदुर किसान पार्टी देशकै ठूलो भइसक्ने भन्दै नारायणकाजीतिर कटाक्ष गरे । ‘प्रेम सुवालले एमसीसीविरुद्ध मुर्दावाद भनेका थिए । उनकै पछि सारा नेपाल लाग्नुपर्ने नि तर त्यस्तो हुँदैन । एमसीसीको विरोध गरेकै भरमा ठूलो पार्टी हुने भए, भोट आउने भए नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसँगै सबै लाग्ने थिए । तर, त्यस्तो हुँदैन राजनीतिमा,’ उनले भने ।

दाहालले एमसीसीको विपक्षमा अभिव्यक्ति दिँदै आएका प्रमुख सचेतक एवं नेता देव गुरुङ पार्टीको निर्णय कार्यान्वयनमै सक्रियतापूर्वक लागेको बताए । उनले संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको वर्तमान सत्तारुढ गठबन्धन कायम रहने, सरकार बच्ने र यसैले निर्वाचन गराउने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn