सिँजादर्पण, युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अब नेटोको सदस्यतानलिने बताएका छन् । रुसलाई शान्त पार्नका लागि उनले यो घोषणा गरेको समाचारहरुमा जनाइएको छ । उनी दुुई फरक फरक रुसी समर्थक क्षेत्र डोनेट्स्क र लुहान्सकको स्थितिबारे सम्झौता गर्नका लागि समेत तयार भएका छन् । जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा हमला सुरु गर्नु ठिक पहिले स्वतन्त्र राष्ट्रको घोषणा गरिएको थियो र मान्यता पनि दिइएको थियो ।
यो त्यही मुद्धा हो जसलाई रुस र युक्रेनकाबीच युद्धको कारक मानिएको थियो । रिपोर्टका अनुसार नेटो युक्रेनलाई स्वीकार गर्न तयार छैन । नेटोको सदस्यता नलिने ठोकुवा गर्दै जेलेन्स्कीले भनेका छन्,‘म यस्तो देशको राष्ट्रपति बन्न चाहन्नँ,जो घुँडा टेकेर केही मागिरहेको होस् ।’
दुुई क्षेत्रमा सम्झौताको संकेत
युक्रेनमा हमला गरेर विश्वलाई तरंगित बनाउन पूर्व पुटिनले पूर्वी युक्रेनमा रहेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र घोषित गरेका थिए । अब पुटिन चाहन्छन् कि युक्रेनले उसलाई स्वतन्त्र देशको मान्यता दिनुपर्छ । यो सम्बन्धमा जेलेन्स्कीले आफू वार्ताका लागि तयार भएको बताएका छन् ।
