विश्वमै सबैभन्दा धेरै र शक्तिशाली सैन्य सामर्थ्य भएका देशमध्येको रुसले युक्रेन आक्रमणको प्रारम्भिक चरणमा आफ्नो क्षमता देखाउन सकेन।धेरै पश्चिमा सैन्य विश्लेषकहरूले रणभूमिमा हालसम्म रुसको प्रदर्शनप्रति आश्चर्य व्यक्त गरेका छन्। एक जनाले यसलाई निराशाजनकु भनेका छन्।युक्रेनमा रुसी सेनाको अघि बढ्ने क्रम एकदमै सुस्त भएको छ भने कतिपयले उसले बेहोरेको क्षतिका कारण पुरानो सामर्थ्य फेरि हासिल गर्ने कुरामा आशङ्का गरेका छन्।रुसी पक्षले आफ्नो उद्देश्य पूरा गर्न सकेको छैन र यसको अन्त्यसम्म पनि पूरा गर्ने सम्भावना कम छ,ू नेटोका एक वरिष्ठ सैन्य अधिकारीले यसै साता बीबीसीसँग भने।मैले रुसले गरेका गल्तीबारे पश्चिमा वरिष्ठ सैन्य अधिकारी र गुप्तचर निकायका अधिकारीहरूसँग कुरा गरेको छु।प्रतिरोधको शक्ति र युक्रेनको सानो सैन्य शक्तिलाई कमजोर आकलन गरेर रुसले सबैभन्दा पहिलो गल्ती गर्यो। रुसले वर्षमा ६० अर्ब अमेरिकी डलर बराबरको रकम रक्षा क्षेत्रमा खर्च गर्छ। जबकि युक्रेनको रक्षा बजेट चार अर्ब अमेरिकी मात्रै डलर छ।रुस र अरूले पनि रुसको सैन्य क्षमतालाई वास्तविक भन्दा बढी आकलन गरे। राष्ट्रपति पुटिनले सेनालाई आधुनिकीकरण गर्ने महत्त्वाकाङ्क्षी परियोजना सुरु गरे र उनी आफैँले पनि बढाइचढाइमा विश्वास गरे।
