काठमाण्डौ सिँजादर्पण ।अहिले विश्वको भुराजनीति एकाएक वदलिन थालेको छ । ठुला शक्ति मुलुक शक्तिको होडवाजीमा अगाडि वढेका छन । नेपालमा एमसीसी पास भए पछि चिनको आसंका वढेको छ । एकाएक तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रवार काठमाण्ठू आइपुगेका चिनियाँ स्टेट काउन्सिलर विदेशमन्त्री वाङ यीसँग सत्तापक्षीय र विपक्षमा रहेका नेपाली शीर्ष नेताहरूले एकमतले आफ्नो सार्वभौम निर्णयको पैरवी गर्नुपर्ने एक विज्ञले बताए।
अर्का चिनियाँ विज्ञले चीनको वैधानिक भूरणनीतिक स्वार्थ सम्बोधन गर्दै नेपालले स्वतन्त्र रूपमा देशको विदेश नीति सञ्चालन गरेसम्म बेइजिङ नेपालबाट आश्वस्त भइरहने प्रतिक्रिया दिएका छन्।हालै संयुक्त अमेरिकाले मिलेनीअम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०मार्फत् नेपाललाई दिएको ६० अर्ब रुपैयाँ अनुदानलाई लिएर अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलेको थियो।उक्त सम्झौतालाई नेपालको संसद्ले अनुमोदन गरेपछि बेइजिङले त्यसलाई जानकारीमा लिएको जनाएको थियो।कोभिड महामारी देखिएयता पहिलो पटक भएको चिनियाँ विदेशमन्त्रीको भ्रमण पछिल्लो समयमा नेपाल चीन सम्बन्धमा देखिएका संशय चिर्न उपयोगी हुनसक्ने कतिपयको विश्वास पाइन्छ।
