सिँजादर्पण काठमाण्डौ ।। एक महिनाअघि युक्रेनमा आक्रमण गरेको रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने सङ्केत दिँदै अब पूर्वी क्षेत्रलाई ूमुक्तू बनाउन केन्द्रित हुने घोषणा गरेको छ।रुसको रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ।रुसको आक्रमण युक्रेनका केही सहरहरू कब्जा गर्ने र युक्रेनको सरकार ढाल्न लक्षित भएको देखिएको छ।
तर युक्रेनको बलियो प्रतिवादका कारण रुस अघि बढ्न सकिरहेको छैन।ूहाम्रो कारबाहीको पहिलो चरणको मुख्य काम पूरा भएको छ,रुसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोईले भने।सयौँ युक्रेनीले आश्रय लिइरहेको नाटकघरमा बम खस्दा बाँचेकी एक महिलाको बयान युक्रेन मामिलामा तटस्थताको कारण दबाव झेल्दै भारत युक्रेनी सशस्त्र फौजको युद्धक्षमता ठोस रूपमै कमजोर भएको छ जसले अब हामीलाई मुख्य लक्ष्य हासिल गर्न केन्द्रित हुन सहयोग पुग्छ।
