सिँजादर्पण काठमाण्डौ ।। चिनियाँ अधिकारीहरूले साङ्घाईमा जारी निषेधाज्ञा पूरै दुई करोड पचास लाख जनसङ्ख्यामा लागु हुने गरी बिस्तार गरेका छन्।यो निर्णय त्यहाँ कोभिड(१९ सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेपछि लिइएको हो।सुरुवातमा पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।साङ्घाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो।महत्त्वपूर्ण वित्तीय केन्द्र समेत रहेको यस सहर विगत एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरसँग सङ्घर्षरत छ।अधिकारीहरूले कोरोनाभाइरसको सङ्क्रमण दर प्रतिदिन १३,००० भन्दा माथि पुगेपश्चात् नयाँ नियम लगाएका हुन्।सहरका केही भेगका बासिन्दाका अनुसार उक्त कडा प्रावधान अन्तर्गत कोही पनि आफ्नो घर बाहिर निस्कन पाउँदैनन्। उनीहरूलाई अत्यावश्यक सामग्री जोहो गर्न समेत बन्देज लगाइएको छ।
स्थानीय बासिन्दाहरूले अनलाइनमार्फत खाद्यान्न र पानी मगाउन समेत कठिनाइ भएको बताएका छन्।निषेधाज्ञामा उनीहरूले आफ्नो आवश्यकता अनुरूप सामान कहिले माग गर्ने भन्नेमा पनि कडाइ गरिएको छ। कुनकुन रोग विश्वव्यापी महामारी बनेका थिए क्वारन्टीन नीतिलाई लिएर बढ्दो जनआक्रोशका बीच साङ्घाईले यति बेला चीनको शून्य(कोभिड रणनीतिको उच्चतम विन्दुसम्म परीक्षण गरिरहेको छ।यस नीतिले चीनलाई अन्य देशहरूको दाँजोमा अलग्गै राखेको छ। अन्य देशले भाइरसको प्रभाव न्यूनीकरण गर्दै जनजीवन चलायमान राख्ने कोसिस गरेको छन्।
तर मन्द लक्षण र तीव्र सङ्क्रमण दर भएको ओमिक्रोन भेरिअन्टले विद्यमान नीति कत्तिको दिगो हुन्छ भन्ने विषयमा प्रश्न खडा गरेको छ।अहिले साङ्घाई महामारी रोकथाम तथा नियन्त्रण निकै नै कठिन र जटिल अवस्थामा छ,ू महानगरीय स्वास्थ्य आयोगका अधिकारी हु क्वेन्सीले भने।हामीले विचलित नभई बिनाहिचकिचाहट कोभिड परास्त गर्न स्वास्थ्य मापदण्डहरूको पालना गर्नु पर्छ।कोरोनाभाइरसको नयाँ भेरिअन्ट ुडेल्टाक्रोनु कति डरलाग्दो कोरोनाभाइरस सरेको शङ्का लागे यी छवटा काम गर्नुहोस्सो मवार मात्रै साङ्घाईमा १३,०८६ वटा लक्षणरहित सङ्क्रमणहरू पुष्टि भए।उक्त सङ्ख्या सहरव्यापी परीक्षण कार्यक्रमपश्चात् देखिएको थियो जहाँ २४ घण्टामा दुई करोड पचास लाख मानिसहरूको नमुना सङ्कलन गरिएको थियो।कम्तीमा पनि ३८,००० मानिसहरू अन्य क्षेत्रबाट साङ्घाईमा खटाइएका छन्।
सरकारी समाचार संस्थाहरूले सन् २०२० मा वुहान निषेधाज्ञा पछि यो हालसम्मकै ठूलो देशव्यापी चिकित्सकीय कार्यक्रम भएको बताएका छन्।बीबीसीका चीनस्थित संवाददाता स्टेफेन म्याकडोनलको विश्लेषण चीनको शून्य(कोभिडू प्रणाली यति बेला सङ्क्रमण दर नियन्त्रण गर्न सङ्घर्षरत छ। चीनले यसअघि पनि निषेधाज्ञाहरू लागु गरेको छ तर साङ्घाईको जतिको वृहत् छैन।दुई करोड पचास लाख मानिसहरूलाई खाद्यान्नलगायत अन्य अत्यावश्यक सामग्रीको व्यवस्थासहित घरमै राख्नु चिनियाँ अधिकारीहरूका लागि चुनौतीपूर्ण रहेको छ।सामाजिक सञ्जालहरूमा आम मानिसले व्यापक रूपमा आक्रोश पोखिरहेका छन्। किनकि वितरण प्रणालीमा समस्या देखिएपछि उनीहरूले खाद्यान्न मगाउन पाएका छैनन्।किन धेरै मानिसलाई दोहोर्याएर कोभिड सङ्क्रमण भइरहेको छ एकान्तवास केन्द्रहरूमा सङ्क्रमित मानिसहरूको चाप बढिरहेको छ र उनीहरू एकअर्काको निकट छन्।
धेरैजसो सङ्क्रमितहरूलाई शिविरको शय्या दिइएको छ जहाँ नुहाउनका लागि पानी र अन्य सुविधाहरू समेत छैन।चीनको एक सञ्चारमाध्यमले बताए अनुसार सङ्क्रमितहरूको निकट सम्पर्कमा रहेका मानिसहरूलाई नजिकैको प्रान्तमा सारिने छ। यसमा सम्भावित रूपमा साङ्घाईका हजारौँ बासिन्दाहरू समावेश हुन सक्छन्।केही स्वास्थ्य विज्ञहरूले खोप लगाएका व्यक्तिहरूलाई ओमिक्रोन भेरिअन्टको सङ्क्रमण देखिएमा अस्पताल जान नपर्ने सन्देश प्रवाह गरिरहेका छन्। उनीहरू सङ्क्रमणमुक्त नभइन्जेल घरमै बस्न सक्ने बताएका छन्।चीनमा केही मानिसहरू यस तथ्यबारे जानकार छन्। यद्यपि केही अधिकारी र राज्य सञ्चालित सञ्चारमाध्यमले उनीहरूबाट यो जानकारी लुकाएका छन्।अहिले साङ्घाई मात्र नभई वरपरका अन्य सहरहरू पनि बन्द छन्। थुप्रै सहर र गाउँहरूले आफ्ना बासिन्दालाई घरभित्र सीमित राखेका छन्।यसबाट सर्वसाधारणमा पर्ने आर्थिक भार व्यापक छ।
