सिँजादर्पण काठमाणडौ ।रुस र युक्रेन विच युद्ध निरन्तर जारि भएका वेला रुसमा भने युद्धकमाण्डर फेरियका छन । एक जना पश्चिमा अधिकारीले रुसले युक्रेनको कारबाहीको नेतृत्व हेरफेर गरेको पुष्टि गरेका छन्।नयाँ जेनरलसँग सिरिया युद्धको व्यापक अनुभव रहेको बताइएको छ।बीबीसीका गर्डन करेरासँग नाम नखुलाउने शर्तमा उक्त स्रोतले बताए अनुसार रुसको दक्षिणी सैन्य जिल्लाका कमान्डर जेनरल अलेकसान्डर डीभोर्निकोभले युक्रेन आक्रमणको नेतृत्व गरेका छन्।स्रोतले भन्यो, ूयी कमान्डरसँग सिरियामा रुसी कारबाहीको लामो अनुभव छ। त्यसैले रुसी फौजमाथिको नियन्त्रण अब सुध्रिने अपेक्षा राख्न सकिन्छ।
के युक्रेन आक्रमणका लागि पुटिनलाई सजाय हुनसक्छ ? युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्नस्वरूप नयाँ कमान्डर खटाइएको बताइएको छ।यस अघि विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कमान्डरले युद्ध चलाइरहेको बताइएको छ।युद्धको ४४ औँ दिन पुग्दा रुसले उसको युद्धको लक्ष्य प्राप्त गर्न अहिलेसम्मको अवस्था हेर्दा कठिन रहेको, किएभ जस्ता मुख्य शहरमा नियन्त्रण जमाउन नसकेको र अहिले पूर्वको डोनबास क्षेत्रमा केन्द्रित हुनुपरेको छ।ती अधिकारीका अनुसार रुसी रणनीतिलाई तुलनात्मक रूपमा सानो सङ्ख्यामा रहेका युक्रेनी इकाईहरूले बुद्धिमानीपूर्वक र आश्चर्यमा पार्ने गरी विफल बनाउँदै आएका छन्।ती अधिकारी भन्छन्, ूरुसले आफ्नो रणनीति परिवर्तन गर्न नसकेसम्म उनीहरूले सीमित लक्ष्य पनि प्राप्त गर्न कसरी सफल होलान् भन्ने बताउन कठिन छ। ती अधिकारीका अनुसार सैन्य प्राथमिकतामाथि राजनीतिक दृष्टिकोण हाबी हुन सक्छ र रुसले दोस्रो विश्व युद्धमा विजय प्राप्त गरेको दिन ९ मे अगाडि केही सफलता प्राप्त गर्ने प्रयत्न हुन सक्छ । श्रोत विविसि
