सिँजादर्पण जुम्ला । जुम्लाको कनकासुन्दरीगाउँपालिकामा नेपाली कांग्रेसका दामोदर आचार्यले २८०६मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएकाछ भने उपाध्यक्षमा कांग्रेस पार्टीकै प्रेमकली बुढाले २३३८मत प्राप्त गरी निर्वाचीत भएकी छन ।उनका निकटम प्रति द्धोन्दी नेकपा माओवादी केन्द्रका धन वहादुर रावतले पराजित भएकाछन । कनकासुन्दरी गाउँपालिकाका चार स्थानमा माओवादीले वडा अध्यक्षमा जित हासिल गरेको छ । वडा नं १मा भिम वहादुर भण्डारी , वडा नं २मा खाम्मा रवात , वडा नं ३मा भैर वहादुर वुढा, वडा नं ४ धनमान सिँह हमाल निर्वाचित भएकाछन ।
वभने ६ नं वडामा नेकपा एमालेका प्रेम पछाइ विजय भएकाछन । कनकासुन्दरीको वडान ७ मा समाजवादीले वडाअध्यक्षमा जित हासिल गरेको छ । वडा नं ८मा स्वतन्त्रका धन वहादुर कामी वडाअध्य लगाएत सम्पुर्ण दलित प्यानल निर्वाचित भएकाछन । वडा नं ५मा विष्णु वडुवाल निर्वाचित भएकाछन । स्थानिय चुनावको सम्पुर्ण मतपरिणाम घोषर्णा गरी निर्वाचन अधिकृत जागुराम चौधरीले नयाँनिर्वाचित जनप्रति निधि हरुलाइ प्रमाण पत्र दिनेकाम भने वाकी रहेको वताएका छन । विभिन्न पाटी हरुले विजय जुलस निकाल्दै खुसियाली मनाउने विजय सभा गरेकाछन ।
