सिँजादर्पण काठमाण्डौ ।। निकै शक्तिशाली मानिने इरानको रेभलूशनरी गार्ड्सका एक कर्णेलको राजधानी तेहरानमा विरलै हुने प्रकृतिको हत्या गरिएको छ।मोटरसाइकलमा सवार दुई व्यक्तिले आफ्नो निवासअगाडि कारमा रहेका सय्यद खोदाइमाथि पाँच पटक गोली प्रहार गरेको बताइएको छ।
हत्याको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।इरानले भने अमेरिका र उसका साझेदार राष्ट्रहरूले हत्या गरेको आरोप लगाएको छ।आइतवार भएको उक्त घटनामा संलग्न भएकाहरूको खोजी भइरहेको छ।बीबीसीका मध्यपूर्वी क्षेत्रीय सम्पादकका अनुसार यो सन् २०२० मा इरानमा एकजना वरिष्ठ परमाणु ऊर्जा वैज्ञानिकको हत्यापछि भएको सबैभन्दा ठूलो सुरक्षा त्रुटि हो।विविसि
