सिँजादर्पण काठमाण्डौ ।। भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारले आपूर्ति सहज गर्नका लागि सरकारीस्तरमा भारतसँग पहल गर्ने विषयबारे छलफल सुरु गरेको अधिकारीहरूले बताएका छन्।आन्तरिक बजारमा चिनीको मूल्य बढ्न सक्ने सम्भावना औँल्याउँदै भारतले त्यस्तो निर्णय गरेको विवरणहरू सार्वजनिक भएका छन्।भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने जनाए पनि हालसम्म त्यसको प्रभाव नेपालका बजारमा नपरिसकेको अधिकारीहरू बताउँछन्।भारतको द इकोनोमिक टाइम्स पत्रिकाका अनुसार बुधवारबाट भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै छ।त्यसबाहेक चिनी आपूर्ति पनि भएको र त्यसको मौज्दात पनि रहेकाले पनि ठूलो समस्या नपर्ने बताइएको छ।भारतले प्रतिबन्ध लगाए । नेपाल सरकारले यसमा आवश्यकता हेरेर पहल गर्छ। आन्तरिक छलफल भइरहेको छ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले भनिन्।अधिकारीहरूका अनुसार यो वर्ष नेपालमा झन्डै १,२७,००० मेट्रिक टन चिनी उत्पादन भएको छ।लगायतका अन्य मुलुकबाट आपूर्ति गर्न सकिन्छ, केसीले भनिन्नपालमा मासिक २५ मेट्रिक टनको हाराहारीमा चिनी खपत हुने सरकारी तथ्याङ्क छ।
