सिँजादर्पण काठमाण्डौ ।। जुम्लाको गुठीचौर गाउँपालिकाले आफ्नो गाडी स्कार्पियोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । अध्क्ष्यक्ष ब्ढाले एम्बुलेन्सको व्यवस्था नहुँदासम्म गाउँपालिकाले स्कार्पियोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको हो ।गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले गाउँपालिकाको गाडी एम्बुलेन्स नआउँदासम्म बिरामी बोक्न प्रयोग गर्ने निर्णय गरेको बताए । ‘गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छैन । बजारदेखि गुठीचौर गाउँपालिका टाढा छ । त्यसैले गम्भीर खालका बिरामीको सहजताका लागि गाउँपालिकाको गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ,।सिँजादर्पण सग कुराकानीमा भने । उनले गाउँपालिकाले तत्काल एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाउन लागेको पनि बताए । आफुले पालिकामा नयाँकाम गरेर जनताको सरवा गर्ने उनको भनाइ छ ।
