सिँजादर्पण काठमाण्डौ ।। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले रुसी आक्रमणले विश्वको अवस्था खराब भइरहेको चेतावनी दिएका छन्।उनले उक्त युद्धका कारण एक अर्ब ६० करोड मानिसहरू प्रभावित भएको बताए।खाद्य सुरक्षा, ऊर्जा र वित्तिय क्षेत्रमा युद्धको प्रभाव प्रणालीगत, गम्भीर र तीव्र छ, उनले भने।बीबीसी न्यूजसँगको अन्तर्वार्तामा विश्व व्यापार सङ्गठनकी महानिर्देशकले हस्तक्षेप नगरिए खाद्य सङ्कट वर्षौंसम्म रहनसक्ने चेतावनी दिएकी छन्।न साइरन न बम, यहाँ सबै कुरा राम्रो छु ( पोल्यान्डमा युक्रेनी शरणार्थी उनका भनाइमा विशेषगरी अफ्रिकी देशहरू गहुँ र मलको अभावबाट प्रभावित हुन सक्छन्।युद्धका कारण अहिले पनि लाखौँ टन अन्न युक्रेनी बन्दरगाहका गोदामहरूमा थन्किरहेका छन् र त्यो अन्नलाई निर्यात गर्नसक्ने अवस्था छैन।भ्रामक टिकटकको चपेटामा युक्रेन युद्ध युक्रेन युद्धको अग्रपङ्क्तिमा स्वयंसेवी महिला लडाकु पश्चिमा देशहरूले लगाएका विभिन्न प्रतिबन्ध, कम्पनीहरूको ठूलो सङ्ख्यामा पलायन र निर्यातमा आएको गिरावटका कारण रुसी अर्थतन्त्र यो वर्षको अन्त्यसम्ममा १५ प्रतिशत र आगामी वर्ष थप तीन प्रतिशतले सङ्कुचित हुने विश्व ब्याङ्किक विज्ञहरूको विश्वास छ।युरोपले रुसी उर्जाबाट आफूलाई पूर्ण रूपमा मुक्त गर्यो भने यो तथ्याङ्क अझै खराब हुनसक्ने कतिपयको चेतावनी छ।रुसले २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको हो।राष्ट्रसङ्घका अनुसार युद्ध सुरु भएदेखि कम्तीमा ४ हजार २ सय ५३ सर्वसाधारणहरू मारिएका छन् भने ५ हजार १ सय ४१ जना घाइते भएका छन्।त्यस्तै दुवै पक्षका हजारौँ लडाकुहरूले ज्यान गुमाएका छन् भने १४ लाख भन्दा बढी मानिसले आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन्।
