सिँजादर्पण काठमाण्डा ।। अमेरिकी केन्द्रीय ब्याङ्कले बढ्दो उपभोक्ता मूल्यमा लगाम लगाउने आफ्नो कदमलाई अघि बढाउँदै झन्डै ३० वर्षयताकै सबैभन्दा ठूलो ब्याजदर वृद्धिको घोषणा गरेको छ।फेडरल रिजर्भले आफ्नो मुख्य ब्याजदरलाई प्रतिशत बिन्दुको तीन चौथाइका दरले वृद्धि गर्दै १।५ प्रतिशतदेखि १।७५ प्रतिशतको दायरामा पुर्याउने बताएको छ।गत महिना अप्रत्याशित रूपमा अमेरिकामा मुद्रास्फीति बढेपछि मार्च यताको यो तेस्रो यस्तो वृद्धि हो।
योसँगै अर्थतन्त्रले सामना गरिरहेको अनिश्चितता थप बढ्ने ठानिएको छ।बैठकपछि जारी गरिएको प्रक्षेपणले केन्द्रीय ब्याङ्कले ब्याङ्कहरूले सापटी लिँदा लिने शुल्कको दर वर्षको अन्त्यसम्ममा ३।४ पुग्न सक्ने अपेक्षा अधिकारीहरूले गरेको देखाएको छ।यो कदमका कारण धितोबन्धक, क्रेडिट कार्ड र अन्य ऋणका लागि सर्वसाधारणले उच्च लागतको सामाना गर्नुपर्ने हुन सक्छ।विश्वभरका केन्द्रीय ब्याङ्हरूले यस्तै खाले कदम चाल्नसक्छन् र त्यसले विश्वव्यापी अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।
