सिँजदर्पण काठमाण्डू ।। काठमाण्डौमा दुई जना बिरामीको परीक्षण गर्दा हैजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा।।। परीक्षण गर्दा हैजा रोगको जीवाणु पत्ता लागेको जानकारी गराउन चाहन्छौँ,मन्त्रालयले आइतवार बेलुकी जारी विज्ञप्तिमा भनेको छ।अस्पतालका सङ्क्रामक रोग विज्ञ डा। शेरबहादुर पुनका अनुसार उनीहरूमा हैजाको लक्षण देखिएपछि परीक्षण गरिएको थियो।ती बिरामी काठमाण्डूमा बस्ने एकै परिवारको रहेको मन्त्रालयले जनाएको छ।मन्त्रालयले उपत्यकाका सबैलाई सतर्क रहन र हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ।डा। पुनले हाल झाडापखालाका बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा बिरामीलाई विभिन्न किसिमको सङ्क्रमण हुने भए पनि हैजाले सबैभन्दा छिटो र बढी असर गर्ने बताए।नेपालमा हैजा अझै नियन्त्रणमा आएन, साढे दुई लाख मात्रा खोप ल्याइँदै नेपालमा हैजाको जोखिम ुकायमैु, नियन्त्रणका लागि एकीकृत कार्यक्रम हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ।
