सिँजादर्पण काठमाण्डौ ।। लिथुएनियाले रुसी भूभाग कलिनिनग्राडमा रेलद्वारा निश्चित वस्तुहरू लैजान प्रतिबन्ध लगाएपछि मस्कोले उक्त कदमको गम्भीर परिणाम हुने चेतावनी दिएको छ।वरिष्ठ रुसी सुरक्षा अधिकारी निकोलाइ पाट्रुसेफले रुसले निश्चय पनि यस्तो शत्रुतापूर्ण कदमप्रति प्रतिक्रिया जनाउनेु बताए।लिथुएनियाले आफूले युक्रेनमाथिको रुसी आक्रमण पश्चात् युरोपेली सङ्घले लगाएको प्रतिबन्धको पालना मात्रै गरिरहेको जनाएको छ।रुसी जलसेनाको बाल्टिक फ्लिटको मुख्यालय कलिनिनग्राडको रणनीतिक क्षेत्रमा अवस्थित छ र रुसको मूल भूमिसँग उसको सिधा सिमाना छैन।
उक्त पश्चिमी भूभाग सन् १९४५ को दोस्रो विश्वयुद्धपछि जर्मनीबाट गाभिएको थियो। उक्त क्षेत्रसँग ईयू र नेटो सदस्य लिथुएनिया र पोलेण्डको सीमा छ।उक्त क्षेत्र मुख्यरुपमा रेल पारवहनका लागि लिथुएनियामा निर्भर रहेको छ।पुटिनले गरे तानाशाह पिटरसँग आफ्नो तुलना मङ्गलवार कलिनिनग्राडको भ्रमण गर्दै पाट्रुसेफले लिथुएनियाद्वारा लगाइएको नाकाबन्दी पश्चिमाहरूको उक्साहट भएको र त्यो अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनु भएको बताए।रुसी सुरक्षा परिषद्का सचिवले ुनिकट भविष्यमाु उपयुक्त कदम चालिने बताएका छन्।
ू
