सिँजादर्पण काठमाण्डौ ।युरोपेली आयोगले सकारात्मक सङ्केत दिएपछि बिहीवार ब्रसल्स शिखर सम्मेलनमा युक्रेनलाई ईयूको उम्मेदवारका रूपमा अनुमोदन गर्ने तयारी गरिएको छ।ईयू सदस्यताका लागि युक्रेनले गत फेब्रुअरीमा रुसी आक्रमण सुरु भएको केही दिनपछि आवेदन दिएको थियो र त्यसपछि प्रक्रियाहरू एकदमै तीव्र गतिमा अघि बढाइएको छ।
ईयूका युक्रेनका राजदूतले उक्त सङ्गठनको सदस्यता युक्रेनीहरूका लागि मनोवैज्ञानिक प्रोत्साहन हुनेछ बीबीसीलाई बताए।तर सेभोलोद जेन्त्सोभले वास्तविक एकीकरणू युद्ध सकिएपछि मात्र सुरु हुनसक्ने स्वीकारे।उम्मेदवारका रूपमा स्वीकार्नु भनेको ईयू सदस्यताका लागि पहिलो आधिकारिक कदम हो र त्यस मामिलामा युक्रेनबारे ूपूर्ण सहमतिू भएको फ्रान्सले यसै साता बताएको थियो।तर उक्त सङ्गठनमा सामेल हुन युक्रेनलाई धेरै वर्ष लाग्न सक्छ र त्यसको सफलताको कुनै ग्यारेन्टी पनि छैन।पश्चिमी बाल्कन देशहरू अल्बानिया, उत्तरी म्यासेडोनिया, मोन्टेनिग्रो र सर्बिया वर्षौंदेखि ईयू सदस्यताका रूपमा उम्मेदवार रहेका छन्।
केही त एक दशकभन्दा बढीदेखि उम्मेदवार छन्।ही ईयू कूटनीतिज्ञहरूले पहिले नै उम्मेदवारको हैसियत दिँदा युक्रेनलाई झूटो आशा देखाइएको जस्तो हुनसक्ने चिन्ता व्यक्त गरेका छन्।गत महिना मत्र फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले युक्रेनको ईयू सदस्यताको सम्भावना दशकौँ टाढा रहेको र नेटो महासचिवले युक्रेनमा द्वन्द्व वर्षौँसम्म चल्नसक्ने चेतावनी दिएका थिए।तर ईयूका लागि युक्रेनी राजदूतले सदस्यहरूले ूयुक्रेनलाई त्यहाँ पुग्नू मद्दत गर्ने आशा व्यक्त गरे।
