एजेन्सि ।। रुस र युक्रेन विच युद्ध चलेको तिन महिना भन्दा वढि भैसक्यो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो०का नेताहरूलाई बताएका छन्।स्पेनमा भइरहेको उक्त सैन्य गठबन्धनको महत्त्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले युक्रेनलाई आधुनिक हातहतियार अति आवश्यक रहेको बताएका हुन्।जेलेन्स्कीले भ्लादिमिर पुटिनको हमला युक्रेनमा मात्र सीमित नहुने चेतावनी पनि दिए।नेटोमा आबद्ध हुने स्वीडेन र फिनल्यान्डको निर्णयप्रति कसको समर्थन, कसको विरोध उनले उक्त युद्धलाई ूभविष्यको विश्व व्यवस्थाका लागि लडिएको लडाइूँ भनेका छन्।यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ूपुटिनले शान्ति भङ्ग गरेकाले अमेरिकाले युरोपभरि आफ्नो सैन्य उपस्थिति विस्तार गर्नेू घोषणा गरेका थिए।
