सिँजादर्पण काठमाण्डौ ।। चिनियाँ राष्ट्रपति सी जिन्पिङले उक्त सहरको भ्रमण गर्दै छन्। सन् २०२० मा कोरोनाभाइरसको महामारी फैलिएपछि मुख्य भूमि चीन बाहिर यो उनको पहिलो यात्रा हो।यसअघि उनी सन् २०१७ मा हङ्कङ फिर्ता पाउनुको २० औँ वार्षिकोत्सवको मनाउन त्यहाँ पुगेका थिए।वर्षगाँठ विशेष समारोहमा त्यहाँ विरोध प्रदर्शन हुने गर्थ्यो तर सन् २०२० मा सुरक्षा कानुन लागू भएदेखि असहमति जनाउने प्रदर्शनकारीहरू मौन छन्।वर्षगाँठको सेरोफेरोमा हङ्कङमा ओमिक्रोन भेरिअन्टको प्रकोप देखिनुले सी जिन्पिङको भ्रमण रद्द हुन सक्ने अनुमान गरिएको थियो। तर उनी बिहीवार तीव्र गतिको रेलमार्फत हङ्कङ पुगे।उनलाई निवर्तमान प्रमुख कार्यकारी अधिकारी क्यारी लामले स्वागत गरिन्। उनले राष्ट्रपतिलाई भेट्नु अघि आफ्नो कार्यालयको अन्तिम दिन कोभिड क्वारन्टीनमा बिताएकी थिइन्।सीको भ्रमण तालिका सार्वजनिक गरिएको छैन। यद्यपि, विवरणहरूका अनुसार उनी रात बिताउनका लागि सीमा पार गरेर नजिकै रहेको शेन्जेन सहर पुगेका थिए।शुक्रवार उनी हङ्कङ फर्किने छन् र त्यहाँ उनले मन्तव्य दिने अपेक्षा गरिएको छ।
शुक्रवार पूर्व सुरक्षा प्रमुख जोन लीले लामबाट प्रमुख कार्यकारीको पदभार ग्रहण गर्नेछन्।छ वर्ष हङ्कङको नेतृत्व गरेकी लामको कार्यकाल अशान्तिपूर्ण रहेको ठानिन्छ। यस अवधिमा, बेइजिङको बढ्दो शक्तिले लगातार स्वतन्त्रतालाई खलल पुर्यायो र यसै विषयमा प्रजातन्त्र पक्षधरहरूले केही ठूला प्रदर्शनहरू गरे बेइजिङका कडा समर्थकका रूपमा चिनिएका जोन ली चुनावमार्फत निर्विरोध शीर्ष अधिकारी चुनिए। यस घटनाक्रमलाई विशेषगरी ती हङ्कङवासीहरूका लागि पीडादायी बिन्दु मानिन्छ जसले चीन बिस्तारै प्रक्रियालाई पूर्ण प्रजातान्त्रिक बनाउने वाचाबाट पछि हटेको बताएका छन्।वार्षिकोत्सव अघि राज्य सञ्चालित सञ्चार माध्यम पीपल्स डेलीले हङ्कङप्रति सीक गहिरो स्नेहूबारे एक रिपोर्ट प्रकाशित गर्यो।
