सिजादर्पण काठमाण्डौ ।।चीनले ताइवानमाथि तत्काल आक्रमण गर्ने अवस्था नदेखिएको तर अमेरिकाले त्यहाँको अवस्थालाई नजिकबाट नियालिरहेको एक अमेरिकी जेनरलले बताएका छन्।चीनले कुनै बेला आक्रमण गर्न क्षमता विस्तार गरिरहेको तर यसबारेको निर्णय राजनीतिक हुने जेनरल मार्क मिलीले बीबीसीलाई बताएका छन्।चीनले ताइवान आफूसँग छुट्टिएको एक प्रान्त भएको जसलाई आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।चीनले अमेरिकालाई ताइवानको स्वतन्त्रतालाई समर्थन गरेको र त्यस्तो प्रयासलाई निरर्थक बनाउने बताउने गरेको छ।के ताइवान विवादका कारण अमेरिका र चीन युद्धतिर लम्किन लागेका हुन्हालैका दिनमा चीन र ताइवानको सबैभन्दा शक्तिशाली मित्रराष्ट्र अमेरिकाबीच तनाव बढेको छ।चीनले ताइवानको हवाई रक्षा क्षेत्रमा लडाकु विमानहरू उडाउने क्रम बढाएको छ भने अमेरिकाले ताइवानको समुद्र क्षेत्रमा पानीजहाजहरू पठाएको छ।गत मेमा अमेरिकी राष्ट्रपति जो बाइडनले ताइवाननजिकै लडाकु विमान उडाएर चीनले खतरासँग खेलिरहेको बताएका थिए।उनले आक्रमण गरिए ताइवानको प्रतिरक्षा गर्ने बताएका थिए।जबाफमा बेइजिङले अमेरिकालाई ताइवानको विषयमा आफ्नो प्रतिबद्धता भुलेको र चीनको मामिलामा दखल दिएको बताउँदै ताइवानलाई स्वतन्त्रता घोषणा गर्नबाट रोक्न सङ्घर्ष गर्न नडराउने बताएको थियो।
