Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा हैजाको संक्रमण वढेपछि नागरिक हरु त्रसित


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, असार २०, २०७९

काठमाडौं उपत्यकामा हैजाको संक्रमण वढेपछि  नागरिक हरु त्रसित

सिँजादर्पण काठमाडौं । यतिवेला संघिय राजधानि रहेको काठमाण्डौ शहर हैजाले त्रसित वनेकोछ । १ असारमा बागबजार बस्ने दुई दिदीबहिनीलाई झाडापखाला भयो । राती पटक(पटक झाडावान्ता भएपछि नजिकै रहेको मोडेल अस्पताल पुगे । उनीहरूको उपचारको क्रममा दिसामा हैजाको जीवाणु देखियो । थप उपचारको लागि मोडेल अस्पतालले २ असारमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गर्‍यो ।अस्पतालका कन्सल्टयान्ट फिजिसियन डा। विमल शर्मा चालिसेका अनुसार अस्पताल आइपुग्दा उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बनिसकेको थियो ।

‘अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्दा उनीहरुको रक्तचाप एकदमै न्युन थियो’ डा। चालिसेले भने,’ आईसीयूमा राखेर थप उपचार सुरु गर्‍यौं ।डा। चालिसेको टिम दिदीबहिनीको उपचारमा जुट्यो र १० दिनको बसाइमा निको भएर घर फर्काए । आर्थिक अवस्था कमजोर भएकाले अस्पतालले उनीहरुको निःशुल्क उपचार गर्‍यो ।काठमाडौं उपत्यकामा विभिन्न १५ स्थानमा अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । गम्भीर किसिमको झाडापखाला भएर अस्पताल भर्ना हुने बिरामीको चाप बढ्दो क्रममा छ । टेकु अस्पतालका सुचना अधिकारी नवराज गौतमका अनुसार हाल दैनिक १५ जनाभन्दा बढी झाडापखलाका बिरामी अस्पताल पुग्छन् ।सबै बिरामीलाई भर्ना गर्न पर्दैन ।

केहीलाई भने भर्ना गरेर राख्छौं । आवश्यक औषधि र सल्लाह(सुझाव दिएर घर पठाउँछौं’ गौतमले भने,’ हैजाका बिरामी देखिएकाले झाडापखलाका लागेर आएका सबैको कल्चर परीक्षण गछौं ।’स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने र जारको पानीमा इकोलाई र कोलिर्फम देखिएको छ । इकोलाई मानिसको दिसामा हुने जीवाणु हो । यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ ।संक्रमितले प्रयोग गरेका पानी नै प्रदूषित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा। चुमनलाल दास बताउँछन् । पछिल्लो दिनमा बढ्दै गएका हैजा संक्रमित विभिन्न ठाउँमा देखिनुले काकाठमाडौं उपत्यकामा स्तरमा संक्रमण फैलिरहको भएको पुष्टि हुन्छ ।

‘संक्रमितको प्रयोग गरेका उपत्यकाका धारा र इनारको पानी, ट्याङकरको पानीमा दिसामा पाइने जीवाणु देखिएको हो’ दास भन्छन्,’ सबै ठाउँको पानी नै प्रदूषित छ, जसका कारण विभिन्न स्थानमा हैजाका बिरामी भेटिएका छन् । उक्त संक्रमितमा हैजाको स्रोत पानी देखिएको छ । तर, पानीको स्रोतमा कहाँबाट हैजाको जीवाणु पुग्यो भन्ने पहिचान हालसम्म पनि हुन सकेको छैन ।

‘अधिंकास हैजाका बिरामीले प्रयोग गरेका पानी प्रदूषित छ । अझै भनौं ती पानीमा दिसाको जीवाणु देखिएको छ । तर, पानीमा कहाँबाट हैजाको जीवाणु कहाँबाट पुग्यो भन्ने यकिन हुन सकेन’ डा। दासले भने, ‘एउटा स्रोतबाट फैलिएको छैन । धेरै ठाउँबाट फैलिएको स्रोत पहिचान गर्न ग्राह्रो भयो ।’

हैजा अर्थात कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । सामान्यतया झाडापखालाजस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुने सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन बताउँछन् ।

उनका अनुसार उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् । डा। पुनका अनुसार हैजाको पहिलो स्रोत फोहोर वा तलाउ हुन् । ‘फोहोर पानी वा तलाउमा हैजाको जीवाणु रहिरन्छ । जब वर्षाको समयमा धेरै पानी पर्दा खानेपानीमा पुग्छ’ डा। पुनले भने,’ खानेपानीको माध्यमबाट मानिसमा हैजा देखियो ।’

‘ती मानिसको दिसामार्फत ९हैजाका जीवाणु ० ढलमा मिसियो । काठमाडौंमा ढल र पानीको पाइप एकैठाउँमा छ । उक्त ढलबाट फेरि खानेपानीमा मिसिन पुग्यो । त्यसबाट विभिन्न ठाउँमा हैजा बिरामी देखिए,’ डा। पुनले थपे ।

इडिसिडीका अनुसार बागबजार र कालीमाटी क्षेत्रमा दुई(दुई जना हैजाका बिरामी देखिएका छन् । त्यसैगरी, सानेपा, डिल्लीबजार, कपन, बालाजु ९बोहोराटार०, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी ९खसीबजार० , कीर्तिपुर, टेकु, कागेश्वरी मनहरा र ग्वार्कोमा एक(एक जनामा हैजा देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार हैजा देखिएकामध्ये १२ बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने पाँच जना विभिन्न अस्पतालमा उपचारत छन् ।

त्यसैगरी, काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० प्रवक्ता प्रकाश राई पनि वितरण भइहरेको पानीको गुणस्तर परीक्षण भइरहेको बताउँछन् । ‘हामी वितरण गरेका पानीमा तरल क्लोरिन मात्रा पनि बढाइरहेका छौं । वितरण भएको स्थानबाट खानेपानीको नमुना परीक्षण हैजाको जीवाणु भेटिएको छैन’ प्रवक्ता राईले भने,’ तर, खानेपानी र ढल एकैठाउँमा हुँदा त्यहीबाट सरेको हो कि भन्ने आंशका छ । हामीले खोजी गरिरहेका छौं ।’

स्वास्थ्य कार्यलय काठमाडौंले हैजा संक्रमित स्रोत पहिचान गर्न एउटा टोली नै खटाएको छ । ‘काठमाडौं उपत्यकामा हैजा संक्रमित भेटिन थालेपछि समुदायमा संक्रमण खोज्ने काम गरिहेका छौं । अहिलेसम्म धेरै पानीका स्रोतमा दुषित पाइएको छ’ कार्यलयका प्रमुख बसन्त अधिकारीले भने,’ हामीले नमुना मार्फत परीक्षण गरिरहेका छौं । तर, आम मानिसले सरसफाइमा ध्यान दिनुपर्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजा फैलिने जोखिम बढेको भन्दै सरकारले विभिन्न माध्यममार्फत सर्वसाधारण मानिसलाई खानेपानीबारे सजग रहन आग्रह गरेको छ ।हैजा वा झाडापखाला लाग्नबाट बच्न पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा तीन थोपा तरल क्लोरिन मिसाएर मात्रै पिउन विज्ञहरूले सुझाव छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सक्रिय भएसँगै विभिन्न संक्रामक रोगहरु फेलन सक्ने भन्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइ प्रमुख डा।समीरकुमार अधिकारी सबै अस्पतालहरुलाई पत्र लेख्दै पूर्वतयारी तथा सतर्कता अपनाउन आग्रह गर्छन् ।

मनसुनजन्य प्राकृतिक विपद्का कारण आउने स्वास्थ्य समस्यासँगै खानेपानी प्रदूषण भई हैजा रोगलगायत विभिन्न संक्रामक रोगहरू फैलन सक्ने भन्दै मन्त्रालयले सबै अस्पतालहरुलाई पत्र लेख्दै पूर्वतयारी तथा सतर्कता अपनाउन गरेको छ ।

मन्त्रालयले विपद्का घटना र महामारीलगायतको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन, स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा राख्न, शय्याहरूको व्यवस्थापन गर्न, औषधि(उपकरणहरूको तयारी गर्न, अस्पताललाई निर्देशन दिएको छ । यसवाट सवैले सचेतना अपनाउन जरुरी छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn