Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

स्वास्थ्य बिमा कार्यक्रम सरकारी र सामुदायिक अस्पताललेमात्र लक्ष्य पुरा गर्न सक्छ ?


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, साउन ४, २०७९

स्वास्थ्य बिमा कार्यक्रम सरकारी र सामुदायिक अस्पताललेमात्र लक्ष्य पुरा गर्न सक्छ ?

सिँजादर्पण काठमाण्डौ ।।आर्थिक वर्ष २०७९र८० सुरु भएसँगै निजी र मेडिकल कलेजहरूमा बिमाअन्तर्गतका सेवा बन्द हुने कि नहुने भन्ने बहस सुरु भएको छ ।
चालु अर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालहरूबाट मात्रै सञ्चालन गर्ने उल्लेख छ । अहिलेसम्म चारवटा निजी अस्पतालले यही आर्थिक वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने औपचारिक जानकारी स्वास्थ्य बिमा बोर्डमा पठाएका छन् । यीबाहेकका निजी अस्पतालले पनि तत्काललाई बिमा कार्यक्रम स्थगित गरेका छन् । तर, बजेटमा भनिएजस्तै सरकारी र सामुदायिक अस्पतालहरूबाट मात्रै बिमा कार्यक्रम सञ्चालन गरेर सरकारको पन्ध्रौँ योजनामा समेटिएको आर्थिक वर्ष २०८०र८१ सम्ममा सबै स्थानीय तहमा बिमामार्फत निःशुल्क र विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य पुरा होलात?वि।सं २०७२ मा कैलालीबाट सुरु गरिएको बिमा कार्यक्रम अहिले ७७ जिल्लाका ७४५ स्थानीय तहमा लागू भएको छ ।

स्वास्थ्य बिमा बोर्डको पछिल्लो तथ्यांक अनुसार दशेभरका ४४० स्वास्थ्य संस्थाबाट बिमा कार्यक्रम सञ्चालन भइरहेको छ । १५ लाख आठ हजार ५१४ परिवारका ५३ लाख चार हजार २७० जना नागरिकले बिमा गरेका छन् । बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाका अनुसार बिमा गरेकामध्ये ३९ प्रतिशतले सेवा लिएका छन् भने ७० प्रतिशतले बिमा नवीकरण गराएका छन् । अति गरिब परिवारका लागि सरकारले निःशुल्क स्वास्थ्य बिमा गराउँदै आएको छ । बोर्डको तथ्यांकअनुसार यो सुविधा लिनेमा चार लाख ८८ हजार चार जना छन् । स्वास्थ्य बिमा कार्यक्रम काठमाडौं उपत्यकाका आठ स्थानीय तहमा लागू हुन बाँकी छ । काठमाडौंका काठमाडौं महानगरपालिका, कीर्तिपुर, बुढानिलकण्ठ, शङ्खरापुर, नागार्जुन नगरपालिका तथा ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकामा यही आर्थिक वर्षभित्र स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न बोर्डले तयारी गरिरहेको छ । देशभरका ४४० स्वास्थ्य संस्थाबाट अहिले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइरहेको छ । तीमध्ये अहिले ४८ वटा निजी अस्पतालबाट बिमा सेवा प्रवाह भइरहेको स्वास्थ्य बिमा बोर्डको तथ्यांक छ ।

सन् २०३० सम्ममा युनिभर्सल हेल्थ कभरेज भेट्ने सरकारको लक्ष्य छ । सरकारको पन्ध्रौँ योजनामा आर्थिक वर्ष २०८०÷८१ सम्ममा ६० प्रतिशत नागरिकलाई बिमाको दायरामा ल्याउने लक्ष्य राखिएको छ । निजी अस्पतालहरूबाट सेवा हटाएर सरकारी र सामुदायिक अस्पतालबाट मात्रै बिमा कार्यक्रम सञ्चालन गर्दा यो लक्ष्य पुरा नहुने बिमा बोर्डका अध्यक्ष डा। सेनेन्द्रराज उप्रेती बताउँछन् । “पहिलो कुरा हामीसँग उपलब्धमध्ये दुई तिहाइ शैया र सेवा सुविधा निजी अस्पतालहरूसँग छन्, अर्को कुरा सहरी इलाकामा निजी अस्पतालहरूबाट सेवा हटाउने हो भने बिमा नवीकरण नगर्नेको संख्या बढेर जान्छ,” डा। उप्रेती भन्छन् । केही निजी अस्पतालहरूबाट हुने गरेको शोधभर्ना रकमको झुटो दाबीलाई नियमन गर्नुपर्ने तर बिमा कार्यक्रमकै सूचीबाट भने हटाउन नहुने डा। उप्रेतीको भनाइ छ ।

निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम हटाउने नहटाउनेबारे सरकारले ठोस निर्णय नलिएसम्म यसको प्रभावबारे भन्न नसकिने स्वास्थ्य बिमा बोर्डका पूर्व कार्यकारी निर्देशक डा। गुणराज लोहनी बताउँछन् ।

अबको हकमा निजी अस्पताल स्वास्थ्य बिमा कार्यक्रममा रहने नरहने भन्ने निर्णय मन्त्रिपरिषद्को हातमा पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको लामो छलफलपछि निजी अस्पताल र मेडिकल कलेजहरूबाट स्वास्थ्य बिमा कार्यक्रम नहटाउन मन्त्रिपरिषद्मा प्रस्ताव पुर्‍याइने भएको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र बिमा बोर्डका पदाधिकारीहरूबीच मंगलबार मन्त्रालयमा बसेको बैठकपछि मन्त्री खापुङले सो प्रस्ताव मन्त्रीपरिषद्सम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn