सिँजादर्पण, काठमाडौं। चीनले, ताइवानलाई लक्षित गरी केही मिसाइल प्रहार गरेको छ। चीनले आफूले ताइवानलाई लक्षित गरी मिसाइल प्रहार गरेको स्वीकार गरेको हो l रकेट फोर्सको इस्टन थिएटर कमाइले ताइवानको पूर्वी कोस्टलाई लक्षित गरि एउटा मिसाइल प्रहार गरेको चीनियाँ सरकारी मिडियाले पुष्टि गरेको छ।
उता, ताइवानको उत्तरपूर्वी तथा दक्षिण पश्चिमी समुन्द्री तटमा चीनले केही ब्यालेष्टिक मिसाइल प्रहार गरेको ताइवानले जनाएको छ।चीनको स्थानीय समयअनुसार १३ः५६ मिनेटमा केही डोङफेङ नामक मिसाइल प्रहार भएको ताइवानी रक्षा मन्त्रालयलाई उद्धत गर्दै रोयर्टसले जनाएको छ।
