सिँजादर्पण । अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउस बाहिर ठूलो दुर्घटना भएको छ । ह्वाइट हाउस परिसर बाहिर चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।जेनेसभिल, विस्कन्सिनका निवासी ७६ वर्षीय जेम्स मुलर र ७५ वर्षीय डोना मुलर, जो आफ्नो ५६औँ विवाहको वार्षिकोत्सव मनाउँदै थिए, बिहीबार ह्वाइट हाउस कम्प्लेक्स बाहिर रहेको लाफायेट पार्कमा चट्याङ लागेर मृत्यु भएको मेट्रोपोलिटन प्रहरी विभागले जनाएको छ ।
तेस्रो पीडित २९ वर्षीय पुरुषलाई शुक्रबार साँझ मृत घोषित गरिएको प्रहरीले जनाएको छ । चौथो घाइतेको अवस्था चिन्ताजनक छ। उनको परिचय भने खुलाइएको छैन ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यस घटनामा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेका छन् । ह्वाइट हाउसका प्रवक्ताले भने कि बिडेन प्रशासनले उक्त घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ।
